हेर्दाहेर्दै कयौं घर नै कव्रिस्तान भयो,
प्रकृती द्वौरा मान्छेकै अफ्सान भयो।
जताततै रूवाबास नै छ यो देशभित्र,
यो प्रकृती किन यस्तो वेइमान भयो।
मानिसले पनि त धेरै मनोमानि गर्छन्,
भन्न सक्दैनन् मानिस नै नादान भयो।
स्वर्थी संसारमा पुंजिको घन ब्रजिन्छ,
उत्खनन् कहिले बन् मा फडान भयो।
हेरौं त कहिले कोरोना कहिले भुकम्प,
संसारभरी दयानिय हाम्रै जहान भयो।
काल कुनवेला आउंछ हाम्रो थाहाछैन्,
मानव चोला समेत एउटा उखान भयो।