शुक्रबार, कार्तिक २, २०८१
  • होमपेज
  • देश
  • कञ्चनपुरमा कोदालोले बुवाको हत्या

कञ्चनपुरमा कोदालोले बुवाको हत्या

  • आइतवार, अशोज २१, २०८०
कञ्चनपुरमा कोदालोले बुवाको हत्या

धनगढी— कञ्चनपुरका एक युवाले कोदालो प्रहार गरेर बुवाको हत्या गरेका छन्। जिल्लाको पुनर्वास नगरपालिका वडा नम्बर ११ भीमबस्तीका १८ वर्षीय हेमन्त धामीले ४६ वर्षीय बुवा जसवीरको हत्या गरेका हुन्। हेमन्तले कोदालो प्रहार गरेर बुवाको घटनास्थलमा नै मृत्यु भएको कञ्चनपुर प्रहरीले बताएको छ।

जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरका अनुसार घर परिवारको विवादका कारण उनले बुवामाथि आइतवार बिहान कोदालो प्रहार गरेका हुन्। हेमन्तलाई इलाका प्रहरी कार्यालय, त्रिभुवनबस्तीले नियन्त्रणमा लिएको छ। प्रहरीको टोलीले घटनाको विवरण सङ्कलन गर्दैछ। हत्या गरिएका धामी पूर्व सेना रहेको खुलेको छ।

चर्चामा

सम्बन्धित समाचार