• होमपेज
  • समाचार
  • भूकम्प प्रभावितको उद्धार, उपचार र राहत दिन एमालेको माग

भूकम्प प्रभावितको उद्धार, उपचार र राहत दिन एमालेको माग

  • बुधबार, अशोज १७, २०८०
भूकम्प प्रभावितको उद्धार, उपचार र राहत दिन एमालेको माग

बझाङको चैनपुर नजिक केन्द्रबिन्दु बनाएर गएको ६ दशमलव ३ म्याग्निटियुडको भूकम्प प्रभावितको उद्धार, उपचार र राहत वितरणका लागि एमालेले माग गरेको छ। नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटीले भूकम्पले क्षति गरेकाले आवश्यक उद्धार तथा राहतका लागि सरकारसँग माग गरेको हो।
एमाले प्रदेश कमिटीका अध्यक्ष दामोदर भण्डारी र सचिव धर्मराज पाठकले एक विज्ञप्ति जारी गर्दै भूकम्पले बझाङमा र अछाममा केही मानिसहरू घाइते बनाएकोमा एमाले प्रदेश कमिटी स्तब्ध बनेको उल्लेख गरेका छन्।

घाइतेहरूको स्वास्थ्य उपचार प्रकोपमा परेर भत्किएका घर र विद्यालयहरुमा आवश्यक राहत तथा उद्धार गर्न एमालेले सुदूरपश्चिम सरकार स्थानीय सरकारसँग माग गरेको हो।

त्यस्तै, कमिटीले बझाङ जिल्लाका अध्यक्षसहित अन्य जिल्लाका नेता कार्यकर्ताहरूलाई पनि राहत तथा उद्धारमा जुट्न आग्रह गरेको छ। मङ्गलवार दिउँसो ३ बजे ६ मिनेटमा भूकम्प जाँदा सुदूरपश्चिममा दुई दर्जन बढी मानि घाइते भएका छन। बझाङ, डडेल्धुरा लगाएतका जिल्लामा भौतिक क्षति भएको छ।

No description available.

चर्चामा

सम्बन्धित समाचार