बिहिबार, जेष्ठ २१, २०८३
  • होमपेज
  • देश/प्रदेश
  • रानीसैन विवाद : वन्यजन्तु र जडिबुटी तस्करीसँग जोडिएको छः डिभिजन वन प्रमुख डिसी

रानीसैन विवाद : वन्यजन्तु र जडिबुटी तस्करीसँग जोडिएको छः डिभिजन वन प्रमुख डिसी

  • शुक्रबार, जेष्ठ ८, २०८३
सेयर गर्नुहोस् :
रानीसैन विवाद : वन्यजन्तु र जडिबुटी तस्करीसँग जोडिएको छः डिभिजन वन प्रमुख डिसी

बाजुरा– बाजुरा र हुम्लाको रानीसैन  सीमा विवादको विषयलाई लिएर डिभिजन वन कार्यालय बाजुराका प्रमुख सुरेश डीसीले विवादको वास्तविक कारण सीमा नभई जडिबुटी तस्करी नियन्त्रणसँग जोडिएको दाबी गरेका छन्। सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै डीसीले रानीसैन क्षेत्रमा निर्माण हुन लागेको प्रहरी चौकीकै कारण विवाद चर्काइएको बताएका हुन्। उनका अनुसार बाजुरा जिल्लाको आवश्यकता अनुसार उक्त क्षेत्रमा प्रहरी चौकी निर्माणको काम अघि बढाइएको थियो।

डीसीले चौकी स्थापना भएपछि शान्ति सुरक्षामा सुधार आउने र वर्षौंदेखि हुँदै आएको बहुमूल्य हिमाली जडिबुटीको अवैध ओसारपसारमा रोक लाग्ने अवस्था सिर्जना हुने उल्लेख गरेका छन्। उनले त्यसबाट सुदूरपश्चिम प्रदेशको राजश्वसमेत वृद्धि हुने बताएका छन्। उनले “चौकी नबनोस् र विगतझैँ बहुमूल्य जडिबुटीको अवैध ओसारपसार निर्वाध रूपमा चलिरहोस् भन्ने समूहको उक्साहटमा यो विवाद मञ्चन गरिएको” आरोप लगाएका छन्। डीसीले जडिबुटी तस्करीमा संलग्न व्यक्तिहरू शक्तिशाली रहेको संकेत गर्दै कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले समेत कर्णालीमा जडिबुटी तस्करी रोक्न कठिन भइरहेको अभिव्यक्ति दिएको प्रसङ्ग  उल्लेख गरेका छन्।

उनका अनुसार रानीसैन क्षेत्रबाट बहुमूल्य जडिबुटी र वन्यजन्तुको अखेटोपहार तस्करी हुने गरेको छ। प्रहरी चौकी स्थापना भएपछि त्यस्ता गतिविधिमा रोक लाग्ने भएकाले विवाद सिर्जना गरिएको हुन सक्ने “धेरैको ठहर” रहेको डिसीको भनाइ छ।

चर्चामा

सम्बन्धित समाचार