• होमपेज
  • समाज
  • आज ऋषिपञ्चमी, सप्तऋषिको विशेष पूजा आराधना गरिँदै

आज ऋषिपञ्चमी, सप्तऋषिको विशेष पूजा आराधना गरिँदै

  • मङ्लबार, अशोज २, २०८०
आज ऋषिपञ्चमी, सप्तऋषिको विशेष पूजा आराधना गरिँदै

बाजुरा– ऋषि पञ्चमी पर्व आज, नेपाली नारीहरुले सप्तऋषिको पूजा गरी मनाउँदैछन् । हरेक वर्ष भाद्रशुक्ल पञ्चमीका दिनमा मनाइने यो पर्वमा महिलाले आज बिहानै उठेर नित्यकर्म गरी नजिकको नदी, खोला, ताल, तलैया र पोखरीमा गइ ३ सय ६५ वटा दतिवनले दाँत माझ्ने र स्नान गर्छन् ।

यस वर्ष तिथि घटबढका कारण तीजको भोलिपल्ट आज ऋषिपञ्चमी परेको छ । आज महिलाले अरुन्धतीसहित अत्रि, गौतम, भारद्वाज, जमदग्नि, वशिष्ठ, कश्यप र विश्वामित्रको पूजा गर्ने प्रचलन रहीआएको छ ।

आज स्नान गरी पूजा गरेपछि नरोपी उम्रेका अन्न सामा, कागुनो, कन्दमूल र कर्कलोलगायत एक छाक खाएर बस्नुपर्ने व्रतविधि छ । यस अवसरमा आज देशभरका ऋषेश्वर मन्दिरमा पूजाका लागि महिला भक्तजनको भिड लाग्ने गर्छ ।

चर्चामा

सम्बन्धित समाचार