• होमपेज
  • समाचार
  • आजको मौसम : सुदूरपश्चिम प्रदेशकाे हिमाली क्षेत्रमा हिमपात

आजको मौसम : सुदूरपश्चिम प्रदेशकाे हिमाली क्षेत्रमा हिमपात

  • शनिबार, माघ २८, २०७९
आजको मौसम : सुदूरपश्चिम प्रदेशकाे हिमाली क्षेत्रमा हिमपात

हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो प्रदेश १ र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली हुनेछ। बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। महाशाखाका अनुसार राति भने सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ।

कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ।

तराईका भू-भागमा बिहानीपख हुस्सु र कुहिरो लाग्ने सम्भावना रहेको छ। हुस्सु र कुहिरोले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा सामान्य प्रभाव पर्न सक्नेछ। तराईमा हिँडडुल अर्थात् यात्रा गर्दा आवश्यक सतर्कता अपनाउनु महाशाखाले अनुरोध गरेको छ।

चर्चामा

सम्बन्धित समाचार