शनिबार, जेष्ठ २३, २०८३
  • होमपेज
  • देश/प्रदेश
  • भारतबाट फर्किएर रविले भने : सीमा समस्याको समाधान ढोल बजाएर हुँदैन

भारतबाट फर्किएर रविले भने : सीमा समस्याको समाधान ढोल बजाएर हुँदैन

  • शनिबार, जेष्ठ २३, २०८३
सेयर गर्नुहोस् :
भारतबाट फर्किएर रविले भने : सीमा समस्याको समाधान ढोल बजाएर हुँदैन

काठमाडौं–सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने ५ दिन लामो भारत भ्रमणबाट फर्किएका छन् । उनले आफ्नो भ्रमण उपलब्धीमूलक बनेको बताए । त्रिभुवन विमानस्थलमा पत्रकारसँग कुरा गर्दै लामिछानेले भारतीय पक्षहरुसँग आफूले पारदर्शी ढंगले विभिन्न विषयमा कुराकानी गरेको बताए ।

उनले भने, ‘हरेक वैठकमा दुवै पक्षको प्रतिनिधिमण्डल सहभागी थिए । मेरो हरेक भेटवार्तामा दूतावासका कार्यवाहक राजदूत सहभागी हुनुभयो । कुनै पनि भेटघाट अपारदर्शी भएन ।’

लामिछानेसामु नेपाल–भारत सीमा समस्याबारे पनि सोधिएको थियो । द्वीपक्षीय भेटवार्तामा सीमा समस्याबारे किन केही पनि कुरा गर्नुभएन भन्ने पत्रकारको प्रश्नमा उनले लामो जवाफ दिए ।

उनले भने, ‘दुई देशबीचका कुनै पनि विषय कुटनीतिको माध्यमबाट, कुटनीतिक च्यानललाई एक्टिभ गराउनु सबैभन्दा महत्वपूर्ण हुन्छ । तीनको आवाज एकदमै हल्ला गरेजस्तो, ढोल बजाएर हुँदैन । ढोल नबजाइकन आफ्नो देशको कुराहरु चरणवद्ध तरिकाले गर्नुपर्छ ।

चर्चामा

सम्बन्धित समाचार