• होमपेज
  • समाचार
  • सामाजिक सञ्जाललाई पनि नियमन गर्नुपर्छ : प्रमुख निर्वाचन आयुक्त

सामाजिक सञ्जाललाई पनि नियमन गर्नुपर्छ : प्रमुख निर्वाचन आयुक्त

  • बिहिबार, माघ १२, २०७९
सामाजिक सञ्जाललाई पनि नियमन गर्नुपर्छ : प्रमुख निर्वाचन आयुक्त

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले सामाजिक सञ्जाललाई पनि नियमन तथा व्यवस्थापन गर्नुपर्ने बताएका हुन् । सामाजिक सञ्जाल पनि आम सञ्चार माध्यामको रुपमा स्थापित हुन खोजिरहेको उल्लेख गर्दै उहाँले त्यसलाई सरकारले आफ्नो दायरामा ल्याएर नियमन तथा व्यवस्थापन गर्नुपर्ने आवश्यक्ता औंल्याएका हुन् ।

बिहीबार काठमाडौंमा आयोजित ‘आम निर्वाचन २०२२ को मिडिया अनुगमन प्रतिवेदनसम्बन्धि राष्ट्रिय कार्यशाला गोष्ठी’ मा बोल्दै प्रमुख निर्वाचन आयुक्त थपलियाले सामाजिक सञ्जाललाई प्रेस काउन्सिल नेपालले आफ्नो दायरामा ल्याएर अनुगमन गर्न सक्छ कि सक्दैन ? भनी प्रश्न समेत गरे ।

उनले भने, ‘ सामाजिक सञ्जाललाई कहाँ, कसले हेर्ने हो ? सबै यही प्रेस काउन्सिलले हेर्न सक्छ कि सक्दैन ? त्यो अर्को पाटो हो । तर यसलाई पनि अव समग्रमा मैले चुनावको कुरा मात्रै गरिराखेको छैन । एउटा दायरामा ल्याएर यसको व्यवस्थापन र नियमनको पनि कुरा गर्नु पर्छ ।’

उनले सबै सञ्चार माध्यामहरुमा प्रकाशित तथा प्रसारित हुने सामग्रीहरु स्वतहः आउने गरी सफ्टवेयरको विकास गर्न पनि नेपाल प्रेस काउन्सिलसँग आग्रह गरे । त्यसो भयो भने अनुगमनको काम गर्न प्रेस काउन्सिल नेपाललाई सहज हुने उनको भनाइ थियो ।

उनले भने, ‘मलाई प्रेस काउन्सिल नेपालप्रति चाँहि एउटा अनुरोध के छ भने अहिले हामीले जुन प्रतिवेदन गर्‍यौं । प्रतिवेदनमा नाईटी प्रतिशत कुरा यिनै होलान । हामीले यस्तो सफ्टवेयर डेभलप्ट गर्नु पर्छ अनाधिकृत रुपमा प्रकाशित, प्रसारित हुने विषय त हामी के गर्न सकौला र । आधिकारिक रुपमा प्रशारण हुने विषय प्रशारण हुनसाथ स्वतहः प्रेस काउन्सिल नेपालको त्यो सफटवेयरमा स्वतहः आउने व्यवस्था हुनु पर्‍यो ।’

प्रमुख निर्वाचन आयुक्त थपलियाले सो सफ्टवेयरलाई हेर्नका लागि प्रेस काउन्सिल नेपालले छुट्टै टिम बनाउँदा उपयुक्त हुने सुझाव समेत दिए । उनले भने, ‘एउटा डेडिकेटेट टिम बनाईदिने वित्तिकै रेडियोले के भने, अनलाइनमा कहाँ आयो, छापा माध्याममा के आयो ? सामाजिक सञ्जालले के बोल्यो ? भन्ने आउँछ ।’

चर्चामा

सम्बन्धित समाचार