नगिचै आयो मित लगायो उसैले,
मन भित्र बिस्वास पलायो उसैले।
लुटेरा रहिछ ऊ आफै थ्यो डांकू,
भिरमा डोरायो र पल्टायो उसैले।
रोजी र बेटीको साइनो लगायो,
जिवन भरी लाई फसायो उसैले।
नतमस्तक किनछ यो विर जाती,
स्वाभिमान गलाई लजायो उसैले।
डुबेकाछन यिनी आफ्नो र्यालमा,
मित लगायो खुब फकायो उसैले।
फाल्यो हड्डी र सम्झियो कुकुर झैं,
एउटै शन्तान लाई लडायो उसैले।
बनेर दादा सबैको सामुह धम्कायो,
छिमेकीलाई त सधै सतायो उसैले।
जो चोर थियो उसैको स्वर ठुलो ,
संसार भरीमा उस्तै करायो उसैले।