‘बाजुराका मान्छे भनेपछि त डरै लाग्छ हो,’ हिजोआज दैनिकजसो आउने दर्जनौ फोनको आरम्भमा साथीहरुले ब्यङग्य कसेर यही वाक्यबाट सुरु गर्नुु हुन्छ । मन चसक्क नहुने त कहाँ हो र । त्यै पनि परिवेशै त्यहीं छ त चसक्क मानेर के गर्नु ?
यो बेला हाम्रो जिल्लामा पनि चुनाव कसले जित्ला भन्ने आमब्यग्रता हुनुपर्ने हो । तर विडम्वना, सदुरमुकामदेखि गाउँघरसम्ममा जताततैं सन्नाटा छ । कतिबेला के पो हुने हो भन्ने त्रास छ । त्यसैले अब त यस्तो लाग्दैछ र धेरैले भन्न पनि थालेका छन् कि, जो जितुन या जो हारुन्, केही मतलव छैन । किन कि हामी बाजुरालीका नेता भनिएकाहरुले जवाफदेहिता र मर्यादाका सबै सीमाहरु उहिल्यैदेखि नाँघ्दै आए, अहिले त झन् हद पार गरे ।
यहाँ चर्चा गर्न खोजिएको सन्दर्भ चुनाव र त्यसपछि उत्पन्न पस्थिति र पृष्ठभूमिकै हो । बाजुरामा स्वतन्त्र र निष्पक्ष निर्वाचनको मान्यतालाई प्रमुख दल दलका नेता कार्यकर्ताज्युहरुले कतिसम्म धोली लगाउनु भयो भन्ने कुराको यहाँ सविस्तार लाउनु भनेको मेरा पाठकहरुको समय बर्वाद गर्नु मात्र हुने भएकाले सिमित सन्दर्भमा मात्रै टेक्छु । किन कि सबैलाई सबै कुरा थाहा छ ।
आदरणिय नेताजी तपाईहरु, तपाईहरुको निर्देशनमा तपाईका अगुवा कार्यकर्ताहरुले कुन कुन बुुथमा के के सम्म गरे भन्ने एकएक विवरण थाहा नभएको होइन् । अति हुन थालेपछि तपाईहरुका चुनावी कर्महरुबारे थोरै तथ्यपरक विवरण तल उल्लेख गर्छु । बाजुरामा उम्मेदवार भएका नेताहरुको बुुथमा तपाईहरुले के के सम्म गर्नु भयो ? एक पटक म म भनेर ठण्डा दिमागले सोच्नुुस्, आत्मसमिक्षा गर्नु भए मात्रै पनि साराका सारालाई उकुसमुुकुस गराइरहेको बाजुराको वातावरणलाई सकारात्मक निकासको विन्दुतर्फ प्रवेश गराउन मद्दत पुुग्ने थियो भन्ने हो ।
अहँ, विडम्वना, रिअलाइजेशन गरिरहनु भएको छैन तपाइहरु । तपाईहरुलाई त जे म, जे हाम्रो पार्टी गर्दैछ, त्यही अन्तिम सत्य हो भन्ने भ्रम छ । साच्चै छातीमा हात राखेर भन्नुस् त के तपाइहरुले आफुु चुनाव जित्नकै लागि तमाम सर्वसाधारणलाई मतदानको अधिकारबाट बञ्चित गराएको हैन र ? लखेटेको हैन र ? बुुथ नियन्त्रणमा लिएर भए नभएकाहरुको पनि फर्जी मत खसाएको हैन र ? मुल कुरा त जुन चुनाव जित्नकै लागि जुन प्रवृति स्थापित गर्न खोजिदै छ त्यो श्रृखला कतिसम्म जारी रहने भन्ने हो । के यसै चुनाव गर्ने हो बाजुरामा सधैभरि ? यसपालीको चुनावमा कति पैसाको खोलो बग्यो त्यो कुराको चर्चा त झन् गरि साध्यै छैन । त्यसमा त प्रणालीकै दोष हो ठान्दछु म ।
नेताजीहरु, तपाईहरुप्रति बाजुराका र देशैभरिकाहरु यतिबेला कस्तो धारणा राख्छन् थाहा छ ? छि छि गर्छन् तपाइहरुलाई अनि बाजुराका मान्छेलाई । खासगरि बाजुराका नेताहरु कस्ता खत्तम रहेछन् भन्ने शब्दावली यतिबेला जो कोहीको मुखमा झुुण्डिएको सुुनिन्छ । सायद तपाइहरुका कानमा त पर्दैनन् होलान् यस्ता कुरा ।
हुन त नेतालाई मात्रै कहाँ हो र, बाजुराका जनता पनि कस्ता जंगली रहेछन् भन्नेहरु पनि कम छैनन् । बाजुराका मान्छेहरु चुनावमा बुुथ कब्जा गर्छन्, फर्जी मत हाल्छन्, त्यही गर्न गराउन वा रोक्नका लागि ज्यानको बली गएका अवस्थाहरुप्रतिका टिप्पणीहरु सुन्दा त दिमागमा झन् सन्नाटा चल्छ । घरमा सुतेका ब्यक्तिलाई कुटिकुुटि हत्या गर्ने अनि गोली चलाउने परिस्थिति नै नभइकन ड्याङग छातीमा गोली ठोक्ने सुरक्षा संयन्त्र । त्यसपछि एकबाजुराको पछिल्लो यस्तै परिवेश मात्रै सम्झदा पनि मुटु काप्छ । हुन पनि हामी बजुुर्यालको ब्यहावर यस्तैयस्तै छ ।
बाहिरका कर्मचारीयन्त्र र सुरक्षा निकायका उच्च पदस्थ पदाधिकारीहरु पनि बाजुराको परिवेशप्रति यतिबेला कुनै सदभाव ब्यक्त गर्दैनन् । बरु खत्तम रहेछन् बाजुराका मान्छे भन्छन् लगभग सबैले । हुन पनि हो बाजुराको पहिचाननै त्यही भएजस्तो देखिन्छ ।
यो सब परिस्थितिको जननी को हो ? तपाई राजनीतिक नेतृत्व होइन् ? कि आफै उत्पादित हो ? यो पटक मात्रै हैन, बारम्बार यहि दुुर्दिन दोहोर्याउन उद्दत हुने तपाइहरुले कुनै जवाफदेही हुन पर्दैन ? तपाईहरु ठुलावडा नेतालाई लाग्दो हो, सामनेमा आएकाहरु सबैले भक्तिगान गर्छन्, अनि म त गजबै रहेछु हाम्रो पार्टी त गजबै छ । तर तपाइको वरिपरि परिक्रमा गर्नेको संख्या कति होला ? तपाईहरुका कर्महरुलाई तटस्थ रुपमा नियाल्नेहरु कोही छदैछैन मान्नु भएको छ ? तपाइहरुको असाध्यै साँघुरो घेरा र सोचले जति देखिरहेको छ, जे ठानिरहेको छ, के त्यत्ति हो सारा बाजुरा ? के त्यत्ति हो सारा देश ? के त्यही हो जनपक्षीय राजनीति ?
त्यसैले अझै समय छ, जिल्ला हाक्ने तपाइहरु नै हो । तपाइको दुरगामी राजनीतिक करियरका लागि अशली मित्र र नोक्सान गर्ने प्रवृति पहिल्याउन नसक्ने नेताहरुको राजनीतिक सकिन्छ । अशली मित्र एक राजनीतिकर्मीका लागि त्यो हो, जस्ले तपाईका कमीकजोरी निर्धक्क तपाइसँग भन्न सकोस् र तपाईलाइ बेलैमा सुर्धान मौका मिलोस् । सोच्नुस् त एक पटक तपाइहरु चै कस्तो चिन्तन र ब्यवहार पस्कनुु हुन्छ ।
यही प्रसङमा एउटा सम्झना आयो । सन् १८८९ मा भारतमा नेहरु प्रधानमन्त्री भए । उनी प्रधानमन्त्री भएपछि एक जना सम्पादक आफ्नो अखवारमा दिन नबिराइकन नेहरुका कमीकमजोरी, सरकारका कमीकमजोरीबारे सम्पादकीय नै लेख्न थाले । लामै समय चल्यो त्यो श्रृखला । एक पटक भने एक सातासम्म नेहरुका विरुद्धका लेख ती सम्पादकले लेखेनन् । आफ्ना विरुद्धको लेखन सात दिनसम्म रोकिएको देखेपछि नेहरुले ती सम्पादक कतै विरामी त छैनन् भनेर खोजी गर्न पठाए । नेहरुले ती पत्रकारलाई भने ‘तपाइले मेरा र मेरो सरकारका कमीकमजोरीबारे लेखेर न मैले सुधार्न मौका पाइरहेको थिएँ । नहिच्किचाइकन लेख्दै गर्नु होला ।’ के हाम्रा नेताहरु, युवा नेताहरुमा यो आचरणको अपेक्षा गर्नसकिने ठाउँ छ कतै ?
अहिल्यै वा अझै केहि वर्ष तपाइहरुको भाग खोस्ने बाजुरामा कोही छैन । तर नेताजीहरु ब्यूूझनुुस् र आग्रहपूर्वाहग्रहभन्दा माथि उठेर सामाजिक न्याय वा सच्चाइको ब्रम्ह्रले एकपटक नियाल्नुस् अनि सत्य र यथार्थताको धराधलमा पुुग्नुु हुनेछ ।
अर्को महतवपूूणर् कुरा आफुु पछाडिको युवापक्तिलाई तपाइको स्कूलिङ, उनीहरुको सोच र प्रवृत्रि झनै डरलाग्दो छ । राजनीतिमा प्रवेश गरिसकेका युवापंक्तिमा मलजल भइरहेको त्यो प्रवृत्ति देख्दा मेरा त टाढै बाट हातखुुट्टा थरथर काप्छन् । सोच्छु, र चिन्तित हुुन्छु, बाजुरामा अबको पुुस्ता पनि दुख्ख पाउने भयो । दिनदुुखीको अवस्था जहाँको त्यहीँ रहने भो । भौतिक र मानवीय विकासको वहस त हुुँदै नहुने भो ।
माथि भने झै मतदानकै तथ्यांकै राखौं है त थोरै । सबैभन्दा धेरै मत बुुढीगंगा २ (क) मा खसाइएको छ । ७ सय कूल मतदाता रहेको उक्त केन्द्रमा ६८८ अर्थात ९८ दशमलव २९ प्रतिशत खसाइएको छ । (ख) मा पनि लगभग त्यही अवस्था छ । त्यो मतदान केन्द्रमा कसरी त्यति मत खस्यो र कुन उम्मेदवारको प्रत्यक्ष निर्देशनमा भयो त्यो । नामै लेख्न पर्ने हो कि यति भने पुुग्छ ? यस्तै, खप्तडछेडेदहस्थित मालिका मावि गाज्रा मतदान केन्द्र कुुन उम्मेदवारको वर्चश्व भएको ठाउँ हो ? जहाँ ८४ दशमल ६५ अर्थात ८२१ जनामा ६९५ मत खस्यो ।
यत्ति मात्रै कहाँ हो र । बुढीगंगा नगरपालिका ९ त्रिशक्ति मावि कुन उम्मेदवारको केन्द्र हो भन्ने पनि हामी सबैलाई थाहै छ । जहाँको (ख) केन्द्रमा ९५ दशमलव ३५ प्रतिशत अर्थात ७७४ कूल मतदातामा ७३८ खसाइएको छ । यस्तै हिमाली गाउँपालिका ४ शैलेश्वरी मावि मतदानस्थल को नियन्त्रित मतदानस्थल हो ? जहाँ ९६ दशमलव ६५ प्रतिशत अर्थात ९२६ मा ८९५ मत खसाइएको छ ।
अब भन्नुस्, के तपाई एक उम्मेदवार वा एक पार्टीको भूमिका गजब अनि अर्को मात्रै खराब ? अहिलेका परिस्थिति निर्माणमा प्रमुख दल प्रमुख नेताहरु दोषी हुन् । बाजुराको विकासमा त तपाईले घोत्लिएर कहिल्यै छलफलै गर्नु भएन भएन । उल्टै अहिले आएर जिल्लावासीकै पहिचान बिगार्ने ? । मतदानका सम्बन्धमा सम्मानित निर्वाचन आयोगमा कांग्रेस एमालेका आआफ्नै जिकिरसहितका माग दावीहरु पनि पेश भएका छन् । आयोगको टोलीले छानवीन पनि गरेको छ । उसले अवस्य पनि बाजुरा झन्झटको निकास देला नै । त्यो निणर्यलाई कुर्नुको विकल्प छैन ।
अर्को कुरा, हाम्रा आदणर्ीय नेताजीहरुलाई लाग्दो हो, जिल्लामा बोल्ने मान्छे नै छैनन् र सब चाकर मात्र छन् । किमार्थ त्यसो होइन र कुनै पनि समाजमा त्यसो हुनै सक्दैन । राजनीतिक दल र तिनका नेताहरुले जिल्ला अनि देश हाक्ने हो भन्नेमा प्रष्ट हुँदै नेताहरुले बाटो नविराइदिए हुन्थ्यो, सामाजिक न्याएका आँखाले हेर्दिए हुन्थ्यो, विकास र जनजीविका अनि बाजुराको गरिबी न्यूनिकरणका लागि नेताहरुबीच तछाडमछाड भइदिए हुन्थ्यो, राम्रो गर्ने नेताहरुको साथ र गलतको विरोध गर्नुपर्छ भन्ने जनमत तपाइहरुले आकलन गरिरहनुु भएकै छैन । नभुुल्नुस्, त्यो जनमत ठूलो मात्रै हैन बहुुसंख्यक छ ।
५१ सालको चुनावमा बिच्छ्यामा भोट माग्न जाँदा सडक ल्याउँछौ भनेर फर्केका तपाइहरु यतिबेला पनि अब त चाँडै पुुग्छ भनेर फर्किनु भो हैन त ? । मुक्तिकोटमा कुपोषित बालबालिकाको मृत्युुका घटनाले तपाइहरुलाई कहिल्यै छोएन । टाढाको कुरा त छाडौं, ४ महिनासम्म सदरमुकाम सडक विच्छेद हुँदा त जमेर ठाउँमा कुरा राखेको सुनिएन । विकास र तपाइहरुका भूमिकाका पाटाहरुमा अरु कुनै बेला चर्चा गरौला ।
अन्त्यमा, जहाँसम्म पछिल्लो परिस्थिति जो छ, त्यसलाई सुुल्झाउनु तत्कालको आवश्यकता हो । त्यस कोणमा रहेर कुुरा गर्दा एउटा कोण त हजोसम्म जे नहुुनु थियो, जे नगराउनु थियो, जे नगर्नु थियो, त्यो त भइसक्यो, गरिसके, गराइसके । जे भयो भइसक्यो, अब आउँदा दिनहरुमा थप क्षति हुन नदिनु नै विवेकपूर्ण हुन्छ । आजका दिनमा सर्वसाधारण र निरपराधहरुले मान्छेदेखि डराउने अवस्था नभइदिए हुन्थ्यो, ढुुक्कसँग घरमा बस्न अनि हिँडडुल गर्न पनि त्राहीमान हुन नपरे हुन्थ्यो भन्ने अवस्थामा रहेको कुरा महसुस गर्ने वित्तिकै परिस्थिति फेरिहाल्छ र बाटो मिलिहाल्छ । घटनाहरुको अनुसन्धान तथा कानुुनी प्रकृया अघि बढाउने कुरामा भने कहिँ कतै ग्याप गरिनै हुन्न ।
कुनै पनि नेताहरुको ब्यक्तिगत मानमर्दन गर्ने मेरो नियत छैन । तर अवश्व पनि मेरो तप्का नेताहरुबाट जवाफदेहिता भने खोजिरहेका छौं । अहिलेकै सोच र बाटोबाट बाजुरालाई कहिँ पुु्याउन सकिदैन । ब्यक्ति बनौला, समाज बन्दैन । एक पटक पुनः सोचौं त, बाध्यात्मक अवस्था बाहेक बाजुरा आउन कुनै पनि कर्मचारी चाहदैनन् । स्थानीय सरकारहरु डाइनामिक हुन सक्थे, तर त्यसको प्रशासनिक नेतृत्वका लागि बाजुराले सबल नेतृत्व पाउनै नसक्ने अवस्था छ । हुन त हिजैदेखि हो बाजुरा जानु भन्दा बरु जागिरै छाडेका पनि उदाहरण छन् । आज झन् डरलाग्दो परिवेश मौलाइरहेको छ । आजका दिनमा पनि नयाँ जुुझारु आउने कुरा त परै जाओस्, बाजुरामै कार्यरत चाहे प्रमुख जिल्ला अधिकारी भन्नुुस् या प्रहरी प्रमुख सकभर चाँडो सरुवा हुन पाए झन्झटबाट मुक्त भइन्थ्यो भन्ने मनोविज्ञानमा हुन्छन् । यस्तो अवस्थामा भन्नुुस् त हामी बाजुरा कस्तो बनाउन खोज्दैछौं ।
त्यसैले, चोखा, वा दुधले धोएजसा कोही छैनौं आत्मसमिक्षा गरौं । सुु-सस्कृत राजनीतिको पहिलो पाइला त्यहीँ सोच र ब्यवहारबाट हुनेछ । बाजुरा माथि उठ्ने छ ।
लेखक कान्तिपुरका उपसम्पादक एवं पत्रकार महासंघ बाजुरा, सुदूरपश्चिम प्रदेश समितिका निवर्तमान अध्यक्ष हुन् ।