• होमपेज
  • समाचार
  • बझाङको कैलाशमा मतदानकेन्द्र बाट करिब डेढ किलोमिटर पुर्वतिर भरुवा बन्दुक पड्कियो

बझाङको कैलाशमा मतदानकेन्द्र बाट करिब डेढ किलोमिटर पुर्वतिर भरुवा बन्दुक पड्कियो

  • शनिबार, मंसिर ३, २०७९
बझाङको कैलाशमा मतदानकेन्द्र बाट करिब डेढ किलोमिटर पुर्वतिर भरुवा बन्दुक पड्कियो
फाइल तस्विर

अर्थ जङ्ग शाही/ बझाङ — जयपृथ्वी नगरपालिका -१ को जंगलमा निर्वाचनको पुर्वसन्ध्यामा भरुवा बन्दु पड्कियो । निर्वाचनको पुर्वसन्ध्यामा बझाङको जयपृथ्वी नगरपालिका-१ कैलासको जंगलमा गएराती भरुवा बन्दुक पड्किएको छ ।

शुक्रबार करिब राति फरक-फरक समयमा १०:३०, ८ः ०० र ९ :१५ बजेतिर नारायण माध्यामिक विध्यालयमा रहेको मतदानकेन्द्र बाट करिब डेढकिलोमिटर टाढा पुर्वतिर भरुवा बन्दुक पढ्किएको आवाज आएको स्थानियहरुले बताएका छन् ।

३ पटक उक्त आवाज आएको जिल्ला प्रहरी कार्यालय बझाङका सुचना अधिकारी रमेश दत्त अवस्थीले बताए । कस्ले केका लागि पड्कायो भन्ने अहिले सम्म नखुलेको र खोजिकार्य भैरहेको समेत सुचना अधिकारी अवस्थीको भनाई छ । जिल्ला प्रशासन कार्यालय बझाङले असोज १४ गते एक सुचना जारी गर्दै कार्तिक ५ गते सम्म हातहतियार बुझाउन आग्रह गरेको थियो ।

त्यो अवधीमा एक जनाले मात्रै हातहतियार बुझाएका छन् । उक्त आवाज आएको स्थानमा राति निन्तर १,१ मिटरको दुरीमा टर्च लाईट बलेको दृश्य देखिएको आफुलाई जानकारी आएको समेत अधिकारी अवस्थीले बताए ।

चर्चामा

सम्बन्धित समाचार