• होमपेज
  • समाज
  • भाद्र महिनाको उत्कृष्ट प्रहरीमा प्रहरी सहायक निरीक्षक नवराज पुरस्कृत

भाद्र महिनाको उत्कृष्ट प्रहरीमा प्रहरी सहायक निरीक्षक नवराज पुरस्कृत

  • मङ्लबार, अशोज ११, २०७९
भाद्र महिनाको उत्कृष्ट प्रहरीमा प्रहरी सहायक निरीक्षक नवराज पुरस्कृत

बाजुरा–जिल्ला प्रहरी कार्यालयद्वारा भाद्र महिनाको उत्कृष्ट कार्य गर्ने एकजना प्रहरीलाइ सम्मान गरेकाे छ । प्रहरी कर्मचारीहरू मध्ये जिल्ला प्रहरी कार्यालय बाजुरामा कार्यरत प्रहरी सहायक निरीक्षक नवराज कुमार साउदलाइ भाद्र महिनाको ‘उत्कृष्ट प्रहरी’ “BEST POLICE OF THE MONTH 2079” घोषित गरिएको जिल्ला प्रहरी कार्यलय बाजुराले जनाएकाे छ ।

जिल्ला प्रहरी कार्यलय बाजुराले प्रत्येक महिना राम्राे काम गर्ने प्रहरी कर्मचारी मध्ये एकजनालाइ सम्मान गर्ने गरेकाे छ । यस्ताे सम्मान कार्यक्रमले प्रहरीमा काम गर्ने मनाेबलमा उच्च हुने साथै काम गर्नमा प्राेत्साहन हुने प्रहरीले जनाएकाे छ ।

चर्चामा

सम्बन्धित समाचार