• होमपेज
  • राजनीति
  • मन्त्रिपरिषदको बैठक सुरु , संसद् अधिवेशन अन्त्यको सिफारिस हुने

मन्त्रिपरिषदको बैठक सुरु , संसद् अधिवेशन अन्त्यको सिफारिस हुने

  • शुक्रबार, भदौ ३१, २०७९
मन्त्रिपरिषदको बैठक सुरु , संसद् अधिवेशन अन्त्यको सिफारिस हुने

मन्त्रिपरिषदको बैठक बालुवाटारमा सुरु भएको छ । शुक्रबार विहान ९ बजेबाट प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक सुरु भएको एक मन्त्रीले  जानकारी दिए ।

ती मन्त्रीका अनुसार बैठकले संघीय संसद्को ११ औं अधिवेशन अन्त्यका लागि राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष सिफारिस गर्ने छ । प्रतिनिधिसभाको कार्यकाल शनिबार मध्यरातिदेखि अन्त्य गर्ने सरकारको तयारी छ । समानुपातिकको बन्दसूची बुझाउनुअघि राष्ट्रपतिसमक्ष संसद् अधिवेशन अन्त्यको सिफारिस गर्न लागिएको उनको भनाइ छ ।

निर्वाचन आयोगले मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको समानुपातिकतर्फ उम्मेदवारको बन्दसुची बुझाउन आइतबार र सोमबारका लागि समय तोकेको छ ।

चर्चामा

सम्बन्धित समाचार