• होमपेज
  • समाज
  • बझाङका ब्लड क्यान्सर पीडित शाही अस्पतालकाे शैयामा, सहयाेगका लागि अपिल

बझाङका ब्लड क्यान्सर पीडित शाही अस्पतालकाे शैयामा, सहयाेगका लागि अपिल

  • सोमवार, भदौ २७, २०७९
बझाङका ब्लड क्यान्सर पीडित  शाही अस्पतालकाे शैयामा, सहयाेगका लागि अपिल

अर्थ जङ्ग शाही/बझाङ — ब्लड क्यान्सर पीडित ३५ वर्षे चक्र बहादुर शाहीले उपचार गर्न आर्थिक सहयोगको अपिल गरिरहेका छन्। जयपृथ्वी नगरपालिका वडा नम्बर-१ बझाङको कैलाश घर भएका शाही यतिबेला काठमाडौंको सिभिल हस्पिटल नयाँ बानेश्वरमा जीवन मरणको दोसाँधमा बाचेका छन्।

आफूलाई भेट्न बझाङका ठूला-ठूला नेताहरु त आए,तर केही सक्दो सहयोग गरौला भनेर ठूलो आश मात्र दिलाए। आफूलाई यो दुखको बेला बझाङका कुनै पनि नेताहरुले सहयोग नगरेको पिडीत शाहीले बडिमालिका खबरलाई बताएका छन्।

No description available.

केही दिन अगाडि मात्र नेकपा एमाले बझाङका सहइन्चार्ज ऐन महर र त्यो भन्दा पहिला बझाङका माननिय भैरव बहादुर सिंह र माननिय आशा कुमारी बिक आफूलाई भेट्न त अस्पतालमा आए, तर उनीहरुले त्यतिबेला भनेका थिए, आफूलाई सक्दो सहयोग गरौंला भनेर त्यो केबल उनीहरुको भनाइमा मात्र सिमित रहेको र आफूलाई झुटो आश्वासन दिएको पिडित शाहीले बताएका छन्।

No description available.

आफूलाई भेट्न आउंदै छु भनेर- बझाङका एक दुई जना नेताहरुले पनि आफूलाई झुटो आश्वासन दिएको पिडित शाही बताउछन्। “भोट माग्दा खेरी घर-घरमा भित्रिने ति बझाङका नेता आज मलाई अप्ठ्यारो पर्दा खै‌ त तपाईहरु बाट सहयोग पिडित चक्र बहादुर शाहीको गुनासो रहेको‌ छ।”

No description available.

अब ऋण पाउने ठाउँ पनि कतै छैन । कसैले सहयोग गरेर उपचार गरिदिए बाँचिएला नत्र यसै मरिने भयो,’ उनले भने । फेरि पनि शाहीले सहयोगी मन भएकाहरुलाई सहयोग गरिदिन सम्पूर्णमा अपिल गरेका छन्।सहयोग संकलन गर्न एभरेष्ट बैंक लिमिटेडको बझाङ शाखामा खाता खोलिएको छ । ‘चक्र बहादुर शाही बचाउ ’ नामको बैंक खाता नम्बर ‘०५४००५०१२०००२१’ हो ।

चर्चामा

सम्बन्धित समाचार