• होमपेज
  • बुढीगंगा
  • बुढिगंगा नगरपालिका १० मा एमाले उम्मेदवार साउद विजयी

बुढिगंगा नगरपालिका १० मा एमाले उम्मेदवार साउद विजयी

  • शुक्रबार, असार २४, २०७९
बुढिगंगा नगरपालिका १० मा एमाले उम्मेदवार साउद विजयी

बाजुरा — बुढिगंगा नगरपालिका १० मा नेकपा एमालेका उम्मेदवार दल बहादुर साउद विजयी भएका छन् । काँग्रेसका उम्मेदवार मोहन बहादुर बुढालाई पराजित गर्दै साउद विजयी भएका छन् ।
विजयी दल बहादुर साउदले ५ सय ४८ मत ल्याएका छन्, भने मोहन बहादुर बुढाले ४ सय ९१ मत ल्याएका छन् । साेही वडा बाट एमालेका नगरप्रमुखका उम्मेदवार राम बहादुर बाँनियाले ६ सय २ काँग्रेसका उम्मेदवार रङ्ग बहादुर खातिकाे ४ सय ३६ मत ल्याएका छन् । उपप्रमुख  एमाले उम्मेदवारकाे ५ सय ७५ र  नेपाली काँग्रेस  उपमेयर  ४ सय ७१ मत ल्याएका छन् । बुढिग‌गाकाे याे भन्दा पहिला वडा नम्बर एकमा पनि एमाले विजयी भएकाे छ ।
१७ सय ७८ मतदाता रहेको वडामा ११ सय ९ मत खसेका थिए । बुढिगंगाको चुनाव असार २३ मा दोस्रो पटक भएको थियो । बुढिगंगामा नगरपालिका १३ हजार ६ सय ५९ मतदाता रहेका छन् । कुल मतदाताको ६६.८३ प्रतिशत अर्थात ९ हजार १ सय २८ मत खसेको जिल्ला निर्वाचन अधिकारी नवराज अबस्थीले वताएका छन् । बैशाख ३० गते भएको चुनावमा भने ७५.५८ प्रतिशत मत खसेको थियो ।
बुढिगंगा नगरपालिकामा रहेका १० वटा मतदान स्थलमा नेपाल प्रहरी, शसस्त्र प्रहरी, नेपाली सेना र राष्ट्रिय अनुसन्धान गरि एउटा स्थलमा एक सय भन्दा बढी सुरक्षाकर्मी परिचालन भएका थिए । मतदान स्थलको सुरक्षा नेतृत्व नेपाल प्रहरी, शसस्त्र प्रहरीका अधिकृतले गरेका थिए ।
नगरप्रमुखमा नेपाली काँग्रेस बाट रङ्ग बहादुर खाति र नेकपा एमाले बाट राम बहादुर बानियाँ उम्मेदवार रहेका छन् । काँग्रेसका उम्मेदवार खातिलाई गठबन्धनको समेत समर्थन रहेको छ ।

चर्चामा

सम्बन्धित समाचार