बिहिबार, जेष्ठ २१, २०८३
  • होमपेज
  • बाजुरा बिशेष
  • बुढीगंगामा ९ काे झडपमा दुई जनाको टाउकोमा चोट

बुढीगंगामा ९ काे झडपमा दुई जनाको टाउकोमा चोट

  • बिहिबार, असार २३, २०७९
सेयर गर्नुहोस् :
बुढीगंगामा ९ काे झडपमा दुई जनाको टाउकोमा चोट

बाजुरा–बाजुराको बुढीगंगा नगरपालिकाको ९ त्रिशक्ति मावि मतदानस्थलमा झडपमा दुइजनाकाे टाउकाेमा चाेट लागेकाे प्रहरीले जनाएकाे छ । घाइते हुनेमा एकीकृत समाजवादीका वडाध्यक्षका उम्मेदवार भरतबहादुर थापा र मतदाता सीता थापाको टाउकोमा चोट लागेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यलय बाजुराका प्रहरी प्रमुख सुर्य बहादुर थापाका अनुसार घाइते दुबैकाे अबस्था सामान्य रहेकाे वताएका छन् ।झडपलाई साम्य पार्न प्रहरीले हवाई फायर र अश्रुग्यास प्रहार गरेको प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाले बताए । अहिले शान्ति पुर्ण तरिकाले मतदान भइरहेकाे छ ।

चर्चामा

सम्बन्धित समाचार