शुक्रबार, अशोज ११, २०८१
  • होमपेज
  • देश
  • एमाले सांसद थापाद्वारा गृहमन्त्रीसहित प्रमुख निर्वाचन आयुक्तको राजीनामा माग

एमाले सांसद थापाद्वारा गृहमन्त्रीसहित प्रमुख निर्वाचन आयुक्तको राजीनामा माग

  • मङ्लबार, जेष्ठ २४, २०७९
एमाले सांसद थापाद्वारा गृहमन्त्रीसहित प्रमुख निर्वाचन आयुक्तको राजीनामा माग

काठमाडौं — नेकपा एमालेका सांसद लालबहादुर थापाले बाजुराको बूढीगंगा नगरपालिकामा सत्ता पक्षबाट शक्तिको दुरुपयोग भएको र त्यसको जिम्मेवारी लिनुपर्ने भन्दै गृहमन्त्रीसहित प्रमुख निर्वाचन आयुक्तसम्मको राजीनामा माग गरेका छन्।

प्रतिनिधि सभाको मंगलबारको बैठकमा विशेष समय लिएर बोल्दै उनले यस्तो माग गरेका हुन्।

‘शक्तिको दुरुपयोग गर्दै हदैसम्म घृणित कार्य गरियो। बाजुराका ९ वटै तहमा सत्ता पक्षले शक्तिको प्रयोग गरेर कब्जा गर्ने काम भयो,’ उनले भने, ‘सत्तापक्षबाट गैरजिम्मेवारपूर्ण काम भएको छ। गठबन्धन सरकारले जसरी पनि शक्तिको दुरुपयोग गरी निर्वाचन जित्ने ध्येय त्यहाँ राखेको छ।’

उनले बूढीगंगा नगरपालिकामा निर्वाचन सम्पन्न गरेर बुझाइसकेको अवस्थामा पनि मतगणना सुरु नगरि पुनः मतदानको निर्णय गरेर आतंक सिर्जना गर्ने काम भएको बताए।

‘मतदान कार्य स्थगित गरेको सूचना टाँस गरेको छैन। न निर्वाचन अधिकृतले नै त्यस्तो सूचना टाँस गरेका छन्,’ उनले भने, ‘एकाएक सुरक्षाकर्मी र अधिकृत फिर्ता बोलाएर पुनः निर्वाचन गर्ने निर्णय भएको छ।’

उनले गृणमन्त्री, गृहसचिव आईजीपीलगायतको पनि राजीनामा माग गरेका छन्। ‘आयोगका आयुक्त सगुन शम्शेर राणाको प्रतिवेदन विपरीत बहुमत आयुक्तले मतदान रद्द गरेर पुनः निर्वाचन गर्ने निर्णय गरेका छन्,’ उनले भने, ‘प्रतिवेदनमा उल्लेख भएकोभन्दा बाहिर गएर निर्णय गर्ने प्रमुख निर्वाचन आयुक्त र अन्य दुई आयुक्तको राजीनामाको माग गर्दछु।’

उनले बूढीगंगाका नागरिकले मतगणनाको माग गरिरहेको भन्दै पुनः निर्वाचन नभइ मतगणनाको काम अघि बढाउन पनि माग गरेका छन्।

चर्चामा

सम्बन्धित समाचार