सोमवार, मंसिर १०, २०८१
  • होमपेज
  • राजनीति
  • बाजुरामा स्थानिय तहको निर्बाचनमा ५ सय भन्दा बढि कर्मचारी खटाइदै

बाजुरामा स्थानिय तहको निर्बाचनमा ५ सय भन्दा बढि कर्मचारी खटाइदै

  • सोमवार, बैशाख ५, २०७९
बाजुरामा स्थानिय तहको निर्बाचनमा ५ सय भन्दा बढि कर्मचारी खटाइदै

बाजुरा — बैशाख ३० गते हुने स्थानीय तहको निर्बाचनमा बाजुरा जिल्लामा ५ सय ५ सय ५८ जना कर्मचारी खटाइने भएका छन । १ सय १२ जना मतदान अधिकृत र १ सय १२ जना सहायक मतदान अधिकृत र अन्य कर्मचारी गरि ५ सय ५८ जना कर्मचारी खटिने भएका हुन ।
जिल्लाका ९ स्थानीय तहमा ७० ओटा मतदान केन्द्रका १ सय १२ ओटा मतदान स्थलहरु रहेका छन् । साेही मतदान केन्द्र र मतदान स्थल अनुसार कर्मचारी ब्यबस्थापनमा ५ सय ५८ जना कर्मचारीहरूकाे ब्यवस्थापन गरिएकाे निर्वाचन कार्यालय बाजुराले जनाएकाे छ । निर्बाचनमा खटाइने कर्मचारीहरूमा कर्मचारी सघं र संगठनका पदाधिकारी हरू भने नखटाइने कार्यालयका प्रमुख अबस्थिले बताए ।

जिल्लामा कुल ४२ हजार १ सय ५१ पुरुष र ४० हजार ५ सय ३७ महिला गरि जम्मा ८२ हजार ६ सय ९० जना मतदाताहरुले मतदान गर्ने जिल्ला निर्बाचन कार्यालयका प्रमुख नबराज अबस्थिले बताएका छन । नेपाली काङ्ग्रेस, नेकपा (एमाले), राप्रपा, नेकपा एस लगायत १३ ओटा राजनीतिक दलहरूले जिल्ला निर्वाचन कार्यालयमा दल दर्ता गरेकाे जिल्ला निर्बाचन कार्यालयका प्रमुख अबस्थिले बताएका छन ।
जिल्लाका ९ ओटै स्थानिय तहका निर्बाचन कार्यालयहरु स्थापनाका लागि निर्बाचन अधिकृतहरु सम्बन्धीत स्थानीय तहमा गईसकेका र ८ गते सबै ठाउँमा निर्बाचान कार्यालय स्थापना हुने जिल्ला निर्बाचन कार्यालयका प्रमुख अवस्थीले बताएका छन । कार्यालय स्थापना पछि निर्बाचन शिक्षा लगायतका गतिबिधीहरुलाई अगाडी बढाइने जिल्ला निर्बाचन कार्यालयका प्रमुख अबस्थिले बताएका छन ।

चर्चामा

सम्बन्धित समाचार