सुरेशकुमार पान्डे — कता हो दाई?अनि किन रिसाएको?सधै हात हिलाउँदै टाटा गर्दै जाने बिर्ख बहुदुर आज चुपचाप निस्किएको देखेपछि राजूले पछिबाट आवाज लगाउँदै सोध्छ।
भाई अहिले म हतारमा छुँ बरू म पछि आएर बिस्तारले भनौला है हुन्न?भन्दै बिर्ख बहादुर अगाडि बढ्छन।राजूले पनि काममा जाने तैयारी गर्न थाल्छ,चिसो धेरै थियो।
हुनपनि किन नहौश आखिर जनवरीको लाग्दै भन भनेर सिमसिमे पानि दुई दिन देखुन परेको थियो।
तर एकछिन पछि त्यहि बाटो पोलिसको जीप उतै आएको देख्दा राजूलाई कता कति कुनै अनिष्ठ भएको संकेत महेशुर्ष गर्छ।अब डिप्टी जानेबेला त्यहि बाटो जानु पय्रो केथा हाम्रा साथिहरूपो कुनै घटनामा परेकी रक्सि खाने तास खेल्ने गरि राख्थे कतै लडाई भयो कि आपसमा नत्र पोलिस किन जानथ्यो त्यता!मनै मनमा कुरा खेलायो र पुलिसको जिप गए तिर जता गाउँलेहरू बस्थे राजू उतै साईकिल टिपेर हिंड्छ।चिसो धेरै बढेको थियो चिसो मात्रै होईन धुनले बाटो देखिंदैन थ्यो नजिकै लाईट बालेका गाडि आएपछि बल्ल देखिनथ्यो।जबर्जस्त कोईरो लागेकोले त्यो पुलिसको जीप उब्भेको पनि देख्न सकिन तर त्यँहा हल्लि खल्लि पुरै थियो।
राजू नजिकै पुग्दा ठुलाघरे माईलाका छोरा बस्ने क्वाटरमा थुप्रो मान्छे जुटेका रैछन त्यो क्वाटरमा दुई तिन जना बस्थे।
अगाडि ठ्याक्कै बिर्खबहादुर ठिङ्ग उभिएको देख्यो र राजू उतैतिर गयो।के भयो के भनौं यँहा त दुई जना हाम्रा साथिहरू मरेका फेला परेछन क्वाटरमा त्यहि भएर पोलिस पनि आएकोछ।कसरी मरेका हुन त यिनिहरू कि कसैले मारेको त होईन?राजूले संका जाहेर गर्छ।
घर मालिकलाई बोलाएपछि बिहानै पुलिस बोलायो घरमालिकले अनि तिमिहरू पनि आओ भनेर मलाई फोन गरेको थियो र म दौडेर आएको हुं।ठुला घरेका छोरा दुई भाईनै मरेकाछन!बिचरा ठुला घरे माईलो रोएर मर्ने भयो,कति धेरै मायाँ गर्थ्यो छोराहरूलाई उस्ले भन्दै अप्सोच जाहिर गर्छ!यँहा आएको त केहि मैना मात्रै भयको छ बिर्खबहादुरले अगाडि कुरा थप्छन!
मैले यो डेरा दिलाएको हो उनिहरू लाई भाडामा त्यहि भयर मकान मालिकले मलाई पहिलै बोलाएको हो!भन्दै बिर्खबहादुरले दुःख ब्याक्त गर्छ।अनि कसो गरी घटेको यो घटना?राजूले सोध्छ!यिनिहरू दुई भाईले केहि दिन पहिले अंगिठि बाल्नको लागि लिएर आएका थिए आफु हरूले त यँहा खाना पकाउँदैनथे कहिले कसो पाहुँना पनि आई हाल्छन आफुले पनि हात खुट्टा सेक्न हुन्छ भनेर अंगिठि ल्याएका थिए।कहिले कसो आगो बाल्ने रैछन तर हिंजोको दिन मसिनो पानी परेको थियो त्यहि भयर धेरै चिसो महेशुर्ष गरकाले होला आगो बालेर सुतेछन अनि सुत्या सुतै भए।बिर्खबहादुरले स बिस्तार बताए।
राजूले कोठालाई गम्भिर रूपले नियाल्यो अनि त्यो बेला आएका पुलिसहरूले एम्बुलेन्समा दुबै जनालाई सार्वजनिक अस्पत्ताल पठाई सकेको थियो कोठा ग्यासले भरिएर होला भित्तो समेतको रंग उत्रिएको थियो।राजूले काम गर्ने ठाउँमा यो घटनाको बारेमा बताउँदै आज आफु डिप्टि आउँन नसक्ने बताउँछ।त्यस पछि आजको डिप्टी यहि हुने भयो भन्दै केहि साथिहरूलाई लिएर राजू अस्पत्ताल पुग्छ त्यंहा उनिहरूको पोस्ट मार्टम हुन्छ उनिहरूको केहिं आफन्तिहरू आउँछन र दुबै जनाको दां संस्कार गर्छन।
उनिहरूले चिसो धेरै भयपछि आफ्नो कोठालाई न्यानु गराउँन बालेको त्यो आगोले उनिहरूको ज्याननै लियो।
उनिहरू दुबैजना पढे लेखेका पनि थिए तर पनि बुद्धि र विवेकलाई प्रयोग गर्न सकिनन् ।चीसो बढेको आगो बालेर तापि सकेपछि पनि उनिहरूले दैलो बन्द गरेर सुते पछि कतै बाटपनि ग्यास भाईर जान सकिन उनिहरूको मनो अक्साईड नामक ग्यास द्वारा स्वास बन्द भयो र उनिहरू सुतेकै अबस्थामा दम घुटेर मरे!भन्दै डाक्टरले बिर्ख बहादुर लगायतका सबैलाई बताउँछन।
हो नि हजूर मलाई पनि आजको यो घटनाले केहि बर्ष पहिलेको एउटा घटनाको शम्झना ताजा गरायो!भन्दै नजिकै उभिएको सेतेले भन्छ।हुन त यस्ता घटनाहरू घटिनै रहेकाछन तरपनि घटनाहरू बाट शिक्षा लिन सकेनन्।
एक पटक होटेलमा काम गर्ने चार जना एउटै चिहान भएको भर्खरै जस्तो लाग्छ!उनिहरूले पनि हिंजो आजकै दिन चीसो धेरै बढेकोले काम सकेर होटेलकै माथि बनेको एउटा कोठामा अंगेठी र हिटर चालु छाडेर सुतेका बिचरा बिहान मरेका फेला परेका थिए!सेतेले थप्छ।थई कति दुःख भएको होला तिनिहरूलाई!राजूले भन्छ!उनिहरू त मरेर गए उनिहरूको आफन्तिहरूलाई कति पिढा भएको होला!बिर्खबहादुरले चिन्ता ब्याक्त गर्छ।
मानिसको जात क्षाणिक सुःखका लागि आफ्नो अमूल्य जीवन खतम पार्छन!बिर्खबहादुरले कुरा थपछन।साथिहरू चिसो भयो भन्दैमा हिटर चालु छाडेर वा अंगिठि चुला बालेर कोठा बन्द गरि नसुत्नु होला जीन्दगि फेरी आउँनेछैन भन्दै आपसमा बिदा हुन्छन।