शुक्रबार, मंसिर २०, २०८२
  • होमपेज
  • विचार/ब्लग
  • बर्गिय मायाँले भेट भयो हाम्रो फेरी!

बर्गिय मायाँले भेट भयो हाम्रो फेरी!

  • मङ्लबार, मंसिर २८, २०७८
बर्गिय मायाँले भेट भयो हाम्रो फेरी!

सुरेशकुमार पान्डे — कति रमणिय पल हुन्छ त्यो जव आफु जस्तै श्रमजीवीहरूको जम घट हुन्छ अनि एक आर्कामा दुःख सुख साटा साट हुन्छ।
कयौं साथिहरू सँग लामु समयपछि भेट हुँदा पुरानो याद ताजा हुन्छ। यद्मापि कतिपय पुराना साथिहरू बिभिन्न कारणले अहिले हाम्रो माझमा हुँनुहुँदैन।हुँन त तत्कालिन अखिल भारत नेपाली एकता समाजका सात जन संस्थापकहरू मध्य यतिबेला हामि सँग सातैजना बेग्ला बेग्लै कारणले यति बेला हाम्रो बिचमा हुनु हुँदैन।
तरपनि थुप्रै न्याय प्रेमि एकता प्रेमि साथिहरूको भेटघाटले पुरानै याद ताजा हुन्छ।नयाँ उर्जा पलाउँछ जव आत्मिय साथिहरूको एउटै उदेश्य हुन्छ झनै मित्रता प्रघाढ हुन्छ,त्यहि बर्गिय मित्रता हो।मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको बिस्तारित बैठकका लागि भारतको कुना कुना बाट भोपालमा जुट्नु भएका प्रतिनिधिहरूको जोसले फेरी भारत स्थित नेपालीहरू जुरमुराउँन थाले भन्ने आभास हुन्छ।खचाखच भरिएको होलमा तालिको गडगडाहटमा राष्ट्रीय जनमोर्चाका अधक्ष कामरेड चित्र बहादुर केसी को उदघाटनले सबै उपस्थित प्रतिनिधिहरूमा नयाँ जोस भरेको थियो।उस्तै बेला बेलामा रक्तिमका कलाकारहरूले नयाँ उर्जा थप्दै थिए।भारतका कुना कुनाबाट लगभग दुई सएको हारा हारिमा जुट्नु भएका सम्मेलनका लागि बिस्तारित बैठकका प्रतिनिधिहरूको अनुसाशनले एउटा नयाँ आयम थपेको थियो।अहिले कसैलाई पनि कार्यक्रमको द्वौरान भाईर यता उता घुमेको देखिएन सबै साथिहरू भित्र होलमा न अटाएर बरू मञ्च बनेको दुबै साईडमा भरिएका थिए।अनुसाशित कार्यक्रताले निर्धारित समयमा कार्यक्रम समपन्न पार्न सक्यो र समयमा सबै आ-आफ्नो गनतब्य तर्फ लागियो।बिगतका दिनहरूमा भन्दा कयौं जोस कयौं राम्रो अनुसाशन देख्न पाईयो।
समाजले आफ्नो गठन सन१९७९ देखि अहिले सम्म सातौटा अखिल भारत सम्मेलनहरू समपन्न गरि सकेकोछ।यो आठौं सम्मेलनको लागि बसेको बिस्तारित बठकमा सम्मेलन गर्ने मीति,सम्मेलनको खर्च र सम्मेलन सफल पार्ने आबस्याक तैयारी गरेकोछ।अहिले करिब दुई बर्ष देखि कोरोनाको कहरले एकता समाजको सम्मेलन हुन सकेको थिएन।
तरपनि संगठले तमाम भई आई परेका कामहरू गर्नुका साथै देशभित्र बेला बेलामा आएका राष्ट्रघाति मूद्धाहरूलाई पनि ब्यापक रूपमा बिरोध र भण्डाफोर्ड गर्ने गर्दै आएकोछ।संघियताको बिरोधमा लगातार आन्दोलन गर्दै आएको कसैबाट लुकेकोछैन।त्यसतै अहिले एम सीसीको बिरूद्धमा संघर्ष गर्दै आएकोछ।एम सीसीलाई कुनैपनि हालतमा संसदमा पेस हुन नदिन चेतवानि दिएकोछ।मूल प्रवाहले राष्ट्रीयता धर्म निरपक्षताको हितमा आवाज उठाउँदै आएकोछ।भारत स्थित नेपालीहरू मतदानको अधिकार सुनिच्चित गर्न पनि लामू समय देखि पहल गर्दै आएकोछ।
अहिले फेरी त्यसैलाई सम्मेलनका मूलनारा बनाएर सम्मेलन गर्ने ठेकान भएकोछ।हामिले भारत स्थित नेपालीहरूको हक हितको रक्षाको लागि र देश बिदेशमा चल्ने तमाम जनपक्षिय कार्यक्रममा एक्यबद्धत्ता प्रकट गर्ने ब्यबहार अपनाउँदै आएकाछौँ।त्यसैले पनि अहिले भारतस्थित नेपालीहरूलाई आफु बसेको ठाउँ बाट मतदान गर्ने अधिकार र उनिहरूको समाबेसिको हकलाई सुनिच्चित गर्ने मागलाई जायज भन्न सकिन्छ।
परिस्थिति सँग मेल खाने कार्यको तजुर्मा गरेपछि त्यो कार्य सफल हुनसक्छ।अहिले मूलप्रवाहको सम्मेलन ऐतिहाशिक रूपमा सम्पन्न पार्न जुन उत्साह देखियो त्यो आफैमा एउटा मिसाल बनेकोछ।
कतिपय साथिहरूले समानातरको संगठन निरमाण गरेर जनतामा क्षणिक भ्रम सिर्जना गरेता पनि त्यसले खासै असर नपरेको प्रष्टैछ।एउटा जीवीत संगठनमा तमाम भिन्न भिन्न बिचारहरूको जनम हुन्छ तर ति सबैलाई छलफल गरेर एउटा बिचारमा सबैको सहमति हुन्छ वा बहुमतिय प्रणालि द्वारा संगठनले लागु गर्नुपर्छ।बिचारमा स्वतन्त्रता कार्यमा एकताको सिधान्तलाई आत्मासाथ गरेर जानुपर्छ।आफ्नो बिचार लागु भयन भन्दैमा संगठनलाई नोक्सान पुराउँने काम कार्वाहिलाई कतै ठिक भन्न सकिदैन।
मेरो ब्याक्तिगत बिचार भन्नु पर्दा संगठन बाट निरास भयका साथिहरू गलतिबस टाडिनु भयका आत्महरू सबैलाई अनुरोध के गर्दछु भनें अंझै केहि बिग्रेकोछैन साथिहरूले समयमै बुद्धि पुराएर पुरानै घरमा प्रवेश गरे धेरै राम्रो हुनेछ।
हामि एउटै शन्तान हौं,हाम्रो एउटै बर्ग त्यसैले साथिहरूले बेलैमा आफ्नो घरमै फर्केर समाजमा योगदान दिनुहुँनेछ।
नेतृत्वलाई सधैभरि बिरोध गर्नु वा नेतृत्वले गरेको जुनसुकै कामको पनि अन्धभक्त बन्नु यि दुबैबिचार ठिक होईनन्।नेतृत्वले अप्नाएको ठिक बिचारलाई सपोर्ट गरेर पनि जानुपर्ने हुन्छ।तर सधै बिरोधका लागि बिरोध गर्ने प्रकृया गलत हुन्छ।सवाल नेतृत्वको होईन सवाल निर्णयको हुनुपर्छ।यदि बहुमतले निर्णय गरेको छ भने आफुलाई लाग्छ बहुमतले गलत गरेकोछ तर पनि एकपटक बहुमतको निर्णयलाई कार्यरूप दिने र पुन बैठकहरूमा आफ्नो मत राख्ने ब्यबहार अप्नाउँनुपर्छ।यदि गलत काम को द्वौरानमा भयकोछ भने त्यसको परिणाम अबस्य पनि आउँछ र तेलाई सच्चाउँने मौका मिल्छ।तर गलति भयो भनेर आफु भागेपनि त्यो सच्चिदैन अरूलाई भगाएपनि त्यो सच्चिदैन।त्यो सच्चाउँनको लागि दुबोको उपस्थिति अनिवार्य हुन्छ।
लामू समय सम्म बर्गशंघर्ष गर्न तम्सेका क्रान्तिकारी शक्तिले झिनामसिना कुराहरूमा आपसमा बल्झिएर बर्गशंघर्षलाई फाईदा हुँदैन बरू ठुलो नोक्सान हुन्छ।अहिलेको भोपालमा भयको बिस्तारित बैठकको मुल्यांकन गर्दा आगामि अखिल भारत सम्मेलन ऐतिहाशि हुनेछ भन्नेमा कुनै सङ्का रहँदैन।

चर्चामा

सम्बन्धित समाचार