शुक्रबार, मंसिर २०, २०८२
  • होमपेज
  • विचार/ब्लग
  • कति नैतिकवान छन?आरोप नेतृत्वमा थोप्नेहरू।

कति नैतिकवान छन?आरोप नेतृत्वमा थोप्नेहरू।

  • सोमवार, मंसिर २०, २०७८
कति नैतिकवान छन?आरोप नेतृत्वमा थोप्नेहरू।

सुरेशकुमार पान्डे–जुनसुकै मानिसहरू बाट पनि गलति अबस्य हुनसक्छ।मानिसलाई गलतिको पुत्ला पनि भनिन्छ।फरक यत्तिछ कसैले जानेर कसैबाट अञ्जानमा गलति हुनेगर्छ।

राजनीतिक पार्टी भनेको कुनै एउटा मानिसको प्याउते पनि हुँदैन।अहिले सम्म हामिले हेर्दै आएको भनेको पार्टीले अप्नाएको लाईन हो।त्यो पार्टीलाईनको कार्यनीति र रणनीति पार्टीले अप्नाएको नीतिलाई पार्टीका काडरहरूले अनुसाशनमा बसेर कार्यरूप दिन्छन र पार्टीको आयु लामो हुन्छ।पार्टीको लाईनलाई जनताको माझमा पुराएपछि त्यो फेल वा पास गर्ने भनेको जनताहुन।जनता बाट फिल्टर भयर त्यो पार्टीले अप्नाएको नीतिलाई समर्थन मिल्छ।अहिले सम्म नेकपा मसालले लिएको निर्णयलाई जनताको ब्यापक समर्थन मिलेर नै त्यसबारे ब्यापक छलफल चल्छ र आमा पार्टीहरूको मिलन केन्द्र बन्न सक्यो।
नेकपा (मसाल)ले सम्विधान सभाको चुनाव गर्नुपर्छ भनेको आफ्नो गठन काल देखुनहो।२०४७सालको सम्बिधान संसोधन मा भाग नलिएर सम्बिधान सभाको माग गय्रो त्यो मात्रैहोईन २०४८सालको संसदिय निर्वाचनलाई समेत बहिस्कार गरेको सबैलाई थाहाछ।लामू समय पछि सबै पार्टीको त्यहि सम्विधान सभा मिलन केन्द्र भयो।संघियताको बिरूद्ध नेकपा (मसाल)नै लड्दै आयो जसले ब्यापक छलफल गर्ने मौका पाएकोछ।नेकपा मसालले शंघर्ष नगरेको भय उहिलैई जातिय संघियता लागु हुनेथियो।
धेरै साथिहरूले भन्नु हुन्छ नेकपा मसाल स्यानो छ यसले बिकास गर्न सकिन अनि पलायन गर्नुहुन्छ।पाल्टी फुट्यो भन्नु हुन्छ र आफै निक्लिनु हुन्छ।के पार्टी आफै हुर्किन्छ त?पार्टीमा अनुसाशन नभयपछि पार्टीको अबस्था कस्तोहोला?हिंजो गयका साथिहरू जसले पार्टीले क्रान्ति गर्न सकिन भन्नेहरू के क्रान्तिकारि भए?दिनानाथ शर्मा जानेबेला भन्नु भयको हामि सँग अहिले पनि त्यो प्रचा छ।लाल सेना नभएको पार्टी कम्युनिष्ट हुनै सक्दैन भनेका थिए।
उन्को पार्टीमा कति लाल सेनाछन अहिले ?यस्ता बाकमफुसे कुरा गरेर पार्टीलाई फुटाउँनेहरूले कुन बर्गको प्रतिनिधित्व गरेकाछन?के क्रान्तिकारि आन्दोलनको प्रतिनिधित्व गर्दैछन? डा.बाबुराम भट्टराई नेकपा मसाल मा थिए,उन्को अबस्था अहिले कस्तोछ?जो पनि नेकपा मसाल बाट बिद्रोह गरेर गयो त्यो कम्युनिष्ट बाटनै गयो।गिरधारि लाल डिलारामहरूको अबस्था कस्तोछ।उनिहरू सुखि हुनन् त्यो छुट्टै बिषयहो।नैतिक पतन गराएर आफु सुखि भयहोलान तर त्यो नैतिकता कुनै नेकपाको नेतृत्वले त गरेन उनि आफै गलत बाटो छोपेकाछन।पार्टी संगठनमा अनुसाशनको ठुलो महत्व हुन्छ त्यस्तै पार्टिको गोपनेताको पनि अर्थ हुन्छ।आफु अनुसाशनमा नरहने अनि नेतृत्वलाई गालिगर्ने यो कहाँ सम्मको नैतिकता हो बुझ्न सकिन्छ।साथिहरू गज्जबका भयता भैगो नेतृत्व आफै जनतामा नागिन्छ।
हिंजो बिमल जिले भन्नु भयको थियो हाम्रो बिचार पारित नभयपनि हामि कतै जाँदैनौ।अरू गयपनि लेखेर राख्नुस विमल शर्मा कतै जाँदैन।अहिले उँहाले समानतरको पार्टी सञ्चालन गर्दै हुनुहुन्छ।यस्ता कयौँ साथिहरूले नेतृत्वलाई गालि गर्न छाड्दैनन्।हामिले फुट्न हुँदैन भनेर भनेपछि उँहाहरूको दृष्टीमा हामिले नेतृत्वको सेवागरेको हुन्छ।गर्नै पर्छ हामिलाई पार्टीमा बस्नुपरेकोछ हामिले पार्टीलाई फुट्नै हुँदैन भन्छौँ।पार्टी फुटेपछि कस्को फाईदा होला साथिहरूले सोंच्ने कि नसोंच्ने?हिंजो राम सिहँ श्रिशहरू फुटेफछि उँहाहरूले कत्रो क्रान्तिकारि पार्टी बनाउँनु भयो त?परिथापा नवराज सुबेदी टोपबहादुर रायमाझि विनबहादुर कुँवर ज्यु सबै नेकपा मसालका नेता त थिए।अहिले उँहा हरूले कुन र कस्तो क्रान्तिलाई हाँक्नु भयकोछ?जनताले देखेकानैछन।
मैले केहि लेख लेखेर पार्टीलाई नफुटाउँ हामि फुटेपछि हामि सबैको नोकसान हुन्छ भनेर भन्दा साथिहरूले नानाथरिका स्टाईसहरू लेख्नु भयो लेखमा कयौंले नकारत्मक कमेट गर्नुभयो।
पार्टीलाई छाडेर जान पनि सकिन्छ आर्को पार्टी बनाएर पनि जान सकिन्छ तर कस्को हितहोला?के हामिले चाहेकै जस्तो पार्टी फुटाएर हुन्छ।एकजनाले भन्नु हुन्छ हामिलाई पहिले डस्टबिनमा फालियो अब नभाग्नुस फर्किनुस भन्छौँ।हामिले साथिहरूलाई कतै नजानुस हाम्रो फुटले हामि मध्य कसैको भलो हुनेछैन भन्दै आएकाछौँ।हाम्रो साथिहरूप्रतिको सानुभुति पनि हो मायाँ पनि हो।तर साथिहरूको यो रूखो ब्यबहारले गर्दा लाग्छ उनिहरू फुट्नका लागि फुटेका हुन जुट्नका लागि होईनन्।भन्ने कुरा दिनको घाम जस्तै छर्लङ्गै छ।आफुले गलति पनि गर्ने अनि मसालले कार्वाहि गय्रो भन्दै रूने यो कुन नैतिक्ता भित्र पर्छ,?के पार्टीमा जे गरेपनि छुट हुनुपर्छ?नेकपा मसाल एउटा क्रान्तिकारी मार्क्सवाद लेनिनवाद र माओत्सेतुङ्ग बिचारधारा लाई पदप्रदर्शन सिधान्त मान्ने पार्टी हो जस्ले पार्टी भित्रको गोपनेता भङ्गगर्ने र अनुसाशनमा रहन नसक्नेलाई कार्वाहि गर्य्रो त्यसो नगर्नेहो भने पार्टी झन कम्जोर हुन्छ।अनुसाशन बिना हामिले कुनैपनि लडाई जित्न हक्दैनौँ।पार्टी मा ब्यापक मानिसहरूको खाँचो हुन्छ तर सिधान्त सँग सम्झौता गरेर कति दिन संगठन बलियो र क्रान्तिकारी होला त्यो आफैले पनि अनुमान गर्न सकिन्छ।नेतृत्वलाई गालिगरेर सरापेर क्रान्ति हुँदैन बरू बर्गशंघर्षमा योगदान दिएर एकता बद्ध भयर मात्र क्रान्तिकारी आन्दोलनको उठान गर्न सकिन्छ।

चर्चामा

सम्बन्धित समाचार