
धनगढी — कैलालीमा जीपको ठक्करबाट एक महिलाको मृत्यु भएको छ। प्रहरीका अनुसार मंगलबार जिल्लाको जानकी गाउँपालिका -१० लम्की टीकापुर सडकखण्डमा लम्कीबाट टीकापुरतर्फ आउँदै गरेको बा१६प ५३४९ नम्बरको जीपले विपरित दिशाबाट आइरहेको साइकललाई ठक्कर दिएको हो।
जीपको ठक्करबाट गम्भीर घाइते भएकी साइकल यात्री जानकी गाउँपालिका -५ की ३० वर्षीया अनिता डगौराको टीकापुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ। त्यस्तै, साइकल चलाइरहेका मृतक अनिताका श्रीमान ३५ वर्षीय जोगराम डगौरा र उनका डेढ वर्षीय नाति सुशान डगौराको टीकापुर अस्पतालमा उपचार भइरहेको प्रहरीले बताएको छ।
जीप चालक टीकापुर नगरपालिका -५ का २७ वर्षीय दिनेश डगौरालाई इलाका प्रहरी कार्यालय टीकापुरले नियन्त्रणमा लिएको बताइएको छ।
