• होमपेज
  • राजनीति
  • डडेल्धुरामा क्रियाशील सदस्यबाट नाम हटाइएको भन्दै वडा सभापतिले गरे कांग्रेसको क्रिया

डडेल्धुरामा क्रियाशील सदस्यबाट नाम हटाइएको भन्दै वडा सभापतिले गरे कांग्रेसको क्रिया

  • मङ्लबार, भदौ २२, २०७८
डडेल्धुरामा क्रियाशील सदस्यबाट नाम हटाइएको भन्दै वडा सभापतिले गरे कांग्रेसको क्रिया

धनगढी — आफ्नो क्रियाशील सदस्यता खारेज गरिएको भन्दै डडेल्धुरामा एक वडा सभापतिले नेपाली कांग्रेसको क्रिया गरेका छन्। जिल्लाको अमरगढी नगरपालिका वडा नम्बर ९ का सभापति नरबहादुर पालले क्रिया गरेको बताएका हुन्। सोमबार उनले आफ्नो कपाल खौरेको २ वटा फोटो सामाजिक सञ्जाल फेसबुकमा राख्दै लेखेका छन्, ‘नेपाली कांग्रेसको क्रियाको मेरो पहिलो दिन।’ उनले विगतदेखि आफूले पार्टीमा दिएको योगदानको अनादर भएको भन्दै रोष व्यक्त गरेका छन्।

आइतबार मात्रै सार्वजनिक भएको नेपाली कांग्रेसको क्रियाशील सदस्यता सूचिबारे जिल्लामा हंगामा मच्चिएको छ। आफूहरुले ४ तहबाट प्रमाणित गरेर सिफारिस गरेको नाममा व्यापक हेरफेर भएको भन्दै जिल्ला कार्य समितिले आपत्ति जनाएको हो।

नेपाली कांग्रेसका कार्यालय सचिव राम विष्टका अनुसार कार्यसमितिले २ हजार ५ सय ६ नयाँ सदस्य तथा नविकरणका लागि पुराना सदस्यको नाम गरेर ५ हजार ८ सय ४ जनाको नामावली सिफारिस गरेको थियो। जसमध्ये ४६० जनाको नाम छानविन समितिले हटाएर पठाएको छ।

हटाइका सदस्यहरुमा जिल्ला सभापति तथा सुदूरपश्चिम प्रदेश सभा सदस्य कर्णबहादुर मल्लकी आमा पार्वतीदेवी मल्ल, पूर्व जिल्ला सभापति तथा पूर्व परशुराम नगर सभापति तारी सिंह बोहरा, त्रिभुवन विश्व विद्यालयका पूर्व स्ववियू सभापति लोकराज भट्ट, जिल्ला कार्यसमिति सदस्य कमला विष्ट, अमरगढी नगरपालिका–९ का सभापति नरबहादुर पाल र कार्यालय सचिव राम विष्ट लगायतका छन्।

पार्टीका उपसभापति करुणाकर भट्टका अनुसार आफूहरुले नामै सिफारिस नगरेका ३१२ नयाँ सदस्यहरुको नाम माथिबाटै राखिएको छ। त्यस्तै ३ हजार १ सय ४४ नयाँ र २ हजार ५ सय ९८ पुराना गरेर गरेर केन्द्रबाट ५ हजार ७ सय ४२ जनाको नाम नामावलीमा सार्वजनिक भएको उनले बताए।

पार्टीका कार्यसमिति सदस्यहरुले केन्द्रीय सभापति शेरबहादुर देउवाले आफू निकटका उम्मेद्वार भीमबहादुर साउदलाई पार्टी सभापति बनाउन त्यस्तो गरेको आरोप लगाइरहेका छन्।

चर्चामा

सम्बन्धित समाचार