
कर्रा खोलामा आएको बाढीले ट्रक बगाउँदा बेपत्ता भएका अर्का एक जना व्यक्तिको पनि शव फेला परेको छ । शव घटनास्थलबाट करिब साढे एक किलोमिटर तल हेटौँडा उपमहानगरपालिका वडा नम्बर–१७ चुच्चे खोलाबाट कुमालटारतर्फ पर्ने कर्रा खोलाको किनारमा भेटिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।
कुमाल्टारबाट दूध बोकेर डेरी जाँदै गरेका स्थानीयले शव देखेपछि प्रहरीमा खबर गरेको थिए। शुक्रबार दिउँसो कर्रा खोलामा आएको बाढीले ट्रक बगाउँदा दुई जना बेपत्ता भएका थिए ।
शिवम सिमेन्ट उद्योगबाट चौघडातर्फ आउँदै गरेको ना ४ ख १४४० नम्बरको ट्रक उपमहानगरपालिका वडा नम्बर–१७ रामपुरडाँडास्थित कर्रा खोलामा आएको बाढीले बगाउँदा उनीहरू बेपत्ता भएका थिए ।
बेपत्ता भएकामध्ये एक जनाको शव शनिबार साँझ घटनास्थलबाट करिब २०० मिटर तल खोला किनारमा फेला परेको थियो । उनको सनाखत हुन सकेको छैन । शनिबार साँझ फेला परेको शव गणेश थापा मगरको भएको प्रहरीले जनाएको छ ।
