
कञ्चनपुर — कञ्चनपुर प्रहरीले लागुऔषधसहित २ जनालाई पक्राउ गरेको छ। बुधबार साँझ ६ बजे भीमदत्त नगरपालिका–६ बसपार्कस्थित विद्युत कार्यालय अगाडि पर्किङ गरि राखिएको ना४ख ८२०५ नम्बरको बसबाट ती दुई जनालाई नियन्त्रणमा लिइएको हो।
पक्राउ पर्नेमा सोही नगरपालिका–५ बस्ने ३३ वर्षीय सुरेन्द्रराज भट्ट र वडा नम्बर ८ का २८ वर्षीय प्रकाश औजी रहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।
उनीहरुको साथबाट ५.०८ ग्राम लागुऔषध खैरोहिरोइन, २ थान मोबाइन र ४१ हजार बरामद गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक सिद्धराज न्यौपानेले बताए। बससहित नियन्त्रणमा लिइएका उनीहरुमाथि थप अनुसन्धान भइरहेको डिएसपी न्यौपानेले बताए।
