
चितवन — भरतपुर महानगरपालिका–३ नारायणगढ नजिकै नारायणी नदीको पुलबाट हामफालेर अन्दाजी ४०र४५ वर्षीय एक जना बेपत्ता भएका छन्।
विपत् उद्धारसहितको टोलीले उनको खोजी जारी राखेको प्रहरी नायब उपरीक्षक सूर्य थापाले जानकारी दिए। उनले ती व्यक्ति हामफालेको स्थान नजिकै झोलाभित्र नागरिकताको फोटो कपी भेटिएको र यसमा दाङको तुलसीपुर उपमहानगरपालिका–४ का ४५ वर्षीय अन्तुलप्रसाद गुप्ता उल्लेख रहेको बताए।
