• होमपेज
  • समाचार
  • भरुवा बन्दुक र जंगली बँदेल बरामद

भरुवा बन्दुक र जंगली बँदेल बरामद

  • बिहिबार, भदौ ३, २०७८
भरुवा बन्दुक र जंगली बँदेल बरामद

कञ्चनपुर — कञ्चनपुरमा सशस्त्र प्रहरी बलले भरुवा बन्दुक र जंगली बँदेल बरामद गरेको छ।

जिल्लाको भीमदत्त नगरपालिका–९ ब्रह्मदेव स्थित सिद्दनाथ सामुदायिक वनबाट बन्दुक र मृत बँदेल बरामद गरेको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण हेडक्वाटर शैलेश्वरी कञ्चनपुरले जनाएको छ।

सशस्त्र प्रहरीको बिओपी ब्रह्मदेवबाट खटिएको पैदल गस्ती टोलीले बरामद गरेको बन्दुक र बँदेल आवश्यक कारबाहीका लागि सब डिभिजन बन कार्यालय ब्रह्मदेवमा बुझाइएको गणले बताएको छ।

चर्चामा

सम्बन्धित समाचार