सुरेशकुमार पान्डे — जहिले पनि ठुला ठुला क्रान्तिकारी गफ हाँक्नेहरुले देशको मायाँ चत्रक्कै बिर्शिए।आखिर देशको मायाँ भए कम्तिमा देश जोगाउँन त एकमना एकता हुँने थियो।त्यो आधार भुत बिषयलाई छाडेर अनाबस्याक खिचलोमा उल्झेकाछन। आपसमा तँ-तँ म -म मात्रैछ गरेर समय खेर फालेकाछन।यो चालाले देशलाई कहाँ पुराउला त्यसबारेमा कसैलाई कुनै पनि सरोकार छैन।
देशभित्रकाका राजनीतिक पार्टीहरु तक्रिवन सबैजसोको यस्तै हालछ।ठुला पार्टीहरु बाट जनताले ठुलो आशा राखेका हुन्छन तर उनिहरुको अदुरदर्शियतले गर्दा सत्ता र भत्ताको बाहेक अर्को सोंच हुँदैन।
जनतालाई कम्युनिष्ट पार्टीमाथि अघात बिस्वाश थियो तर उनिहरुमा पनि कम्युनिष्ट वाला नीति सिधान्त रहेन।एकले आर्कालाई तँ मैलो भन्ने र आफ्नो गलतिलाई लुकाउँने बाहेक उनिहरुबाट पनि अर्को काम हुनसकेन।
देशका जनताहरुले उनिहरु कम्युनिष्ट भनौदाहरुले जे भने त्यहि गरेका हुन्छन।बन्दुक समेत उठाए जनताका होनहार छोराछोरीले सहदात प्राप्त गरे तर पनि ब्यबस्थामा कुनै खास फरक भयन।बरु देशलाई झनठुलो संकटमा पुराएकाछन।
एकले आर्कालाई कम्युनिष्ट होईन अवसरबादहो, दक्षिण पन्थि हो,शंसोधनबादी हो आदि यित्यादी बिल्ला भिराउँछन।यँहा लामू समय सम्म कम्युनिष्टको पार्टी वा त्यसको जनवर्गिय संगठनमा लागेका कार्याक्रता र नेता समेत अलमलमा परेका हुन्छन भने जनताले कुन कम्युनिष्ट असलिहो कुन नकलिहो भनेर कसरि बुझ्न सक्छन।सबैका भाषन उस्तैछन लेख उस्तैछन,गफहरु उस्तैछन मात्र ब्यबहारमा फरक छुट्टाउँनलाई त उनिहरु सरकारमा आउँनु पर्यो।
त्यसैले जनताहरुले पहिले एमाले ,माओवादी फेरी उनिहरु दुबैको दुई तिहाई बहुमतको सकरालाई पालैपालो सँग हेरे उनिहरको कथनि र करणि सबैलाई बुझेकाछन।
जनतालाई जुनप्रकारले भेंडा र बाख्रा सम्झेर पसुतुल्य ब्यबहार गरेकाछन त्यसको बदला जनताले अबस्य लिनेछन।मार्क्सवाद-लेनिनवादको बारेमा जनताले भलै नबुझ्लान तर देश र जनताको हितमा कुनपार्टीले काम गरेकोछ ?त्सबारे अबस्य पनि बुझेकाछन।यो देश जनताको हो र जनतानै देशका भबिष्य पनि हुन्छन।संसारभरीका घटनाहरुले यहि बताएकोछ।अमेरिका जस्तो विस्वको महाशक्ति समेतलाई अफगानिस्तानमा तालिवानले धुलो चटायो।दुईदशक सम्म अमेरिकाले आफ्नो कट्पुत्लि सरकार चलाएपनि यो बिस बर्षको द्वौरान हजारौँ अमेरिकि सैनाहरु तालिवानको सिकार हुनुपय्रो तरपनि अन्तिममा उस्लाई त्यँहाका जनताले धुलो चटाएर छाडे।हुन त तालिवान एउटा कटर ईस्लामिक आतंकवादीको पार्टीहो संसारमा आतंकफैलाउँने काम गरेकोछ तरपनि अमेरिकि साम्राज्यवाद समेतलाई जुनप्रकारले खेद्न सफलभयो त्यसले एउटा शंघर्षसिल जनताहरुलाई प्रेणासमेत दिनसक्छ।नेपालीहरु त झन संसारको लागि लडेका वीर गोर्खाका सन्तान हौँ।त्यस्ले गर्दा पनि एकदिन जनताको हातमा देशको कमान अबस्यपनि आउँनेछ।
हाम्रो देशमा जनताहरुको नेताहरुले बुद्धिभुटेर आ-आफ्नो स्वार्थ पुरागर्दै आएकाछन।सात सालको घटना पछि जनताले गरेको बलिदानिपुर्ण शंघर्षलाई राजाहरुले खोसेर आफ्नो स्वार्थ पुरागरे।तिस बर्ष सम्म देशमा गर्ने नगर्ने काम गरे देशको बिकाश हुनदिएनन् जनतालाई रैतिबनाएर ऐयासी गरे।त्यसलाई फ्याँक्न जनताहरुले फेरी ठुलो शंघर्ष गर्नुपय्रो।जुन ब्यबस्था पहिले जनताको हातमाआई सकेको थियो त्यसैलाई राजाले खोसेपछि त्यसैको लागि तिस बर्ष सम्म शंघर्ष गर्नुपय्रो।आखिर त्यो राजनतत्रलाई दुई पटक ऐतिहाशिक जन आन्दोलन गरेर फाल्नु पय्रो।राजनीतिक अदुरदर्शियताले गर्दा एकपल्ट हातमा आएको सार्वभौम अधिकार लाई राजाले खोस्यो र त्यसैलाई प्राप्त गर्न ठुलो संख्यामा जनताहरु शहिद हुनपुगे।
अहिले पनि पटक पटक त्यहि अबस्था ल्याउन प्रयात्न हुँदैआएको थियो।यध्यापि देशमा सम्बिधान सभाद्वौरा निर्वाचित एउटा जनताले चुनेर सम्बिधान बनेकाछन।त्यो सम्बिधानलाई लागु गर्न नदिन ठुलो शडयन्त्र हुँदै आएकोछ।तर पनि देशभित्रका राजनीतिक शक्तिहरु आ-आफ्नो धुनमाछन।देशलाई फेरी आर्को संकट नपर्दा सम्म वा देशमा कुनै अनहोनि घटना नघट्दा सम्म नेताहरुको घैंटोमा घाम लाग्नेछैन।अहिले पनि त्यो अबस्था श्रृजित भयकोछ।
अहिले देश प्रतिगामिहरुको मात्र घेरामा छैंन देशलाई साम्राज्यवादी जाल भित्र नराम्ररी परेकोछ।एम सीसी त्यसैको अर्को कडिहो।बिगतका दिनहरुमा भएका शड्यन्त्रहरु भन्दा यो बेग्लै र खतरनाक हो।
देशलाई एमसीसी पारित गराएर यो देशको सार्वभौमिकता अखण्डता समेतलाई साम्राज्यवादको झोलिमा हाल्ने प्रयात्न हुँदै आएकोछ।त्यसैले पनि तमाम देशभक्तहरुको एकताको अत्यान्तै बढि आबस्यकता छ।अहिले हामि सबै आ-आफ्नो स्वार्थलाई छाडेर देशको हित गणतन्त्रको रक्षा कसरि हुनसक्छ त्यसबारेमा चिन्तित बनौँ।पार्टीका समस्याहरु भन्दा एक कदम अगाडि देशको समस्यको बारेमा निदार खुम्चाएर सोंचौँ।अनि सबै देशभक्त गणतान्त्रिक शक्तिहरुले एकमना एकतागरेर देशलाई जोगाउँन एम सीसीको बिरुद्धमा शंर्घष गरौँ।संघियतको बिरुद्धमा शंघर्ष गरेर त्यस्लाई फालौँ।यहि आजको हाम्रो अत्यान्तै आबस्याक कामहों।