
काठमाडौं — नेपाली जनसम्पर्क समिति मलेसियाले नेपाल सरकारको ध्यानाकर्षण गराउदै गृहमन्त्री बालकृष्ण खाणलाई ध्यानाकर्षण पत्र बुझाएकाे छ ।
मंगलवार नेपाली जनसम्पर्क समिती समन्वय बिभागका सदस्य प्रल्हाद न्याैपाने, बिध्या तिमिल्सिना लगायत मलेसियावाट गएका पदाधिकारीहरुले गृहमन्त्री खाणलाई ध्यानाकर्षण पत्र बुझाएका हुन ।
ध्यानाकर्षणपत्रमा कोरोनो महामारीवाट विश्व कहि पनि बच्न सकेको छैन । यसै सन्दर्भमा मलेसिया पनि कोरोना दिन प्रतिदिन फैलिईरहेको छ । केही कम्पनीहरु बन्द छन र केही बन्द हुने क्रममा छन । करार अवधि सकेर पनि घर फर्कन हवाई सेवा नियमित नभएकाले समस्या परेको उल्लेख गरेको छ ।
पत्रमा नियमित हवाईसेवा संचालन पहल गर्नको लागि ध्यानाकर्षण गराईएको छ । यसैगरी कोरोना महामारीवाट नियमित हवाई सेवा सन्चालन नहुदा मलेसियामा मंगलवारसम्म २४ वटा शवहरु अलपत्र अवस्थामा रहेका छन । परिवारले शव खोजीरहेका छन तर मलेसियामा आउने न्यारोवडिले शव ढुवानी नगर्ने भएकाले कम्तीमा पनि मलेसियामा महिनामा दुई पटकसम्म वाईडवडिको प्लेन पठाउने ब्यवस्था गरिदिनको लागि अनुरोध गरिएको छ ।
मलेसियामा करीब तिन लाख नेपाली श्रमिकहरु रहेका छन । उनीहरुलाई विभिन्न कारणले बेलाबेलामा समस्या आउने गर्दछ तर उनीहरूले कतै पनि सेन्टर पाउन सकेका छैनन मलेसियामा श्रमिकहरु आफनै सेल्टर हाउस भएको खण्डमा उनीहरुले कानुनी न्याय पाउनुको साथै सेन्टरमा बसेर सेवा लिन सक्ने थिए साथै अलपत्र, अगभग , बेखंची , बिरामीहरुको लागि ठूलो राहत मिल्ने थियो त्यसको व्यवस्थाका लागि आवश्यक पहल गरिदिन पत्र मार्फत अनुरोध गरेको छ ।

