• होमपेज
  • समाचार
  • सुदूरपश्चिमा आज ३८ जनामा कोभिड-१९ को संक्रमण पुष्टि

सुदूरपश्चिमा आज ३८ जनामा कोभिड-१९ को संक्रमण पुष्टि

  • मङ्लबार, भदौ १, २०७८
सुदूरपश्चिमा आज ३८ जनामा कोभिड-१९ को संक्रमण पुष्टि

धनगढी — सुदूरपश्चिमा ३८ जनामा कोभिड-१९ को संक्रमण पुष्टि भएको छ।

प्रदेशभर पीसीआर र एन्टिजेन बिधिबाट ८ सय १९ जनाको नमुना परीक्षण गर्दा ३८ जनामा संक्रमण पुष्टि भएको स्व्वास्थ्य निर्देशनालय डोटीले जनाएको छ।

सेती प्रादेशिक अस्पतालमा १ सय २० जनाको नमुना परीक्षण गर्दा ११ जना, महाकाली अस्पतालमा १९ जनाको नमुना परीक्षण गर्दा ३ जना, डडेल्धुरा अस्पतालमा १२ जनाको नमुना परीक्षण गर्दा २ जना र डोटी अस्पतालमा १० जनाको नमुना परीक्षण गर्दा १ जनामा संक्रमण पुष्टि भएको निर्देशनालयले जनाएको छ।

यस्तै आज प्रदेशमा १९ जनाले कोरोना जितेर घर फर्किएका छन्।

चर्चामा

सम्बन्धित समाचार