सुरेशकुमार पान्डे — आजैको दिन भारत बाट अंग्रेजहरु गएका थिए,यानि कि भारत आजाद भएको अहिले ७५वाँ दिवस हो।भारतले आजको दिनमा बिभिन्न राज्यहरुमा यो दिवशलाई अमृत महोत्सवको रुपमा मनाएकोछ।भारत आजैको दिन सन १९४७मा आजाद भएको हो।सन १९५०मा भारतिय सम्बिधान २६जनवरिका दिन लागु भयो।
भारतको आजादि सँग नेपालीहरुको रगत र पसिना पनि मुछिएकोछ।नेपालीहरुले त्यो बेला दोह्रो भूमिका निर्भा गरेको ईतिहाश भेट्टिन्छ।एकातिर अंग्रेजहरुले नेपालीहरुलाई सेनामा भर्ति गरेर भारतिय जनताको बिरुद्ध खडा गर्यो भने आर्को तिर नेपाली जनताहरुले स्वतन्त्रा शंग्राममा भारतिए जनताहरुलाई आर्थिक नैतिक र भौतिक रुपमा साथ दिएकाछन।त्यसको लागि उनिहरु ब्रिटिश हुकुमत। सँग मात्र लडेका छैनन् बरु नेपालको तत्कालिन राणा साशनको दमनको सिकार पनि भएकाछन।कयौं जनताहरुले राणाको सरकारको दमन सहेर पनि भारतिय जनताको पक्षमा लगातार अंग्रेजहरुको बिरुद्धमा आवाज उठाएकाछन।त्सकारणले पनि भारतिय र नेपाली जनताको बिचमा सदियौं पुरानो गाढा मित्रताको सम्बन्धछ।
आर्को तिर नेपाल र भारतको रहन सहन साँस्कृतिकहरुमा पनि केहि समानता भेट्टिन्छ।नेपाली जनताको भारतिय जनता सँगको अटुट् सम्बन्धलाई कयौं बेला दुबै देशका साशकहरुले अमिलो बनाउँने प्रयात्न पनि गर्दै आएका छन तर पनि भारतिय जनता र नेपाली जनताको बिचको सम्बन्धहो त्यो अहिले पनि मित्रताकोछ।यसैको परिणाम अहिले भारतिय र नेपालीहरु एक आर्काको देशमा बसोबास गर्दै आएका पनिछौं।
भारत आजाद भएपछि नेपाली हरुले पनि राणाहरुलाई फाले राणा साशनको बिरोध गर्ने बिध्यार्थिहरु भारतको भुमिमा अध्यानरत थिई।उनैले भारतमा नेपाली कम्युनिष्ट पार्टीको पनि कलकत्ताको श्याम बजारमा गठन गरेका थिये।यो एउटा राम्रो द्वौर पनि थियो।त्यो बेला नेपालीहरुको सबैभन्दा घनिष्ट छिमेकि भारत बाहेक अर्को हुनै सक्दैन भन्ने बिचार प्रत्येक नेपालीको मन मष्तिकमा थियो।
एका तिर तिन सए बर्ष सम्म भारतलाई गुलमा बनाएर राज गरेको ब्रिटिस हुकुमत बाट पिडित जनताले निकास खोजेका थिए आर्को तिर भारत का जनताहरुमा ब्यापक अनिकालको समस्य थियो।जनताले कि लडौ कि मरौं जस्ता नाराहरु लगाउँन थाले।लग भग एक सए बर्ष सम्म उनिहरुले पनि बलिदानिपुर्ण शंघर्ष गरेर देशलाई आजाद गराएको लामु पृष्ठभूमीछ।त्यो द्वौरानमा नेपाली जनताहरुको सदै भारतिय जनताको लागि सकारत्मक र सानुभुति रहँदै आयो।
सन१९४७मा भारतको आजादि पछि स्वायम भारतले ब्रिटिश हुकुमतको अनुसरण गर्न थाल्यो।छिमेकिहरु सँगको उस्को ब्यबहार बिस्तारवादी रहँदै आयो।भारतको आजादि सँगै छुट्टिएको पाकिसस्तान जो अंग्रेजहरुको शड्यन्त्रमा नै फुटेको थियो।मोहमद अलि जिन्नाहरु लाई भड्काएर अंग्रेजले भारतलाई दुई टुक्रा पार्न सफल भयो।त्यो आगो भारतले पाकिस्तानका दुई टुक्रा पूर्वि पाकिस्तानलाई अलग बाँग्लादेश गराएर पनि बुझ्न सकिन।लगातार दुबै देशको बिच अहिले पनि तनातनी भएकैछ।आफु स्वायम पिडा झेलेको छिमेकीले अरुलाई टाउको दुखाउँने खेल खेल्दै आयो।सबैभन्दा पहिले त्यसको सिकार स्वतन्त्र देश रहँदै आएको सिक्किम भयो।छिमेकिहरुको नारि छाम्नमा भारतले कत्ति कसर छाडेन श्रीलंका,अबगानिस्तान,नेपाल र भुटान आदि यि सबै देशमा भारतियको अहिलेपनि थोरै धेरै दवाब छ।सार्क देशहरुमा यस्को मुकावला गर्न सक्ने क्षामता भएको देश छैन भने पनि हुन्छ।
अहिले आर्थिक ईस्तरमा पनि टेक्नोलोजिको क्षेत्रमा पनि भारतले बिकास गर्दै गएकोछ।एउटा गरिब देश जो साम्राज्यवादको झाँतोमा पिसिएको आजादी पछि आफैले त्यही साम्राज्यवादी पदचिन्हमा हिंडेकोछ।भारतमा उत्पादन भएको बस्तुहरुको बजार छिमेकमा भुटान नेपाल बनेकाछन।कुनैपनि देशको अर्थतन्त्र लंग्डो भयो भने त्यो देश लामू समय सम्म स्वतन्त्र रहन सक्दैन।अहिले नेपालको अबस्था ठिक त्यस्तैछ।नेपाले छिमेकि सँग पनि शिक्षा लिन सकेन र देश परनिर्भर भयो।भारतको आजादिको लागि उनिहरुले बिदेशी बस्त्र समेतको होलि जलाएका थिए।आफै धागो काटेर खद्रका लुगा घरेलु उद्धोग सुरु गरेका थिए।तर हाम्रो देशमा त तमाम श्रोत र साधनहरुछन।हामिले चाहेको भए देश धेरै माथि पुग्थ्यो।
नेपालका साशकहरुले जनताको मुख बन्द गराएर तानाशाह बनेर ऐयासि गर्दै देशलाई परनिर्भर बनाएका हुँन नत्र आज देशले ठुलो बिकाश गर्ने थियो।आज भारत आजाद भएपनि साम्राज्यवादको पद चिन्हमा हिंड्दै आएको आभाष हुन्छ।आर्को तिर भारतमा आजपनि गाउँ घरहरुमा जातिय बिभेद बरकरारछ।रुढीवादी परमपरा को उस्तै जमघटछ।
आर्थिक रुपमा बिकास गरेको भएपनि सामाजिक संस्कार र त्यो सोंचमा परिवर्तन गर्न सकेकोछैन।