• होमपेज
  • समाचार
  • बाख्रा चराउने विषयमा झगडा हुँदा दाजुले भाईलाई बेस्सरी कुटे

बाख्रा चराउने विषयमा झगडा हुँदा दाजुले भाईलाई बेस्सरी कुटे

  • शनिबार, साउन ३०, २०७८
बाख्रा चराउने विषयमा झगडा हुँदा दाजुले भाईलाई बेस्सरी कुटे

काठमाडौं — राजविराजमा बाख्रा चराउने विषयमा झगडा हुँदा सप्तरीको बोदेबरसाइन नगरपालिका ७ निवासी ४४ वर्षिया राघोदेवी चौधरी र उनका पती ४९ वर्षीय धर्मनाथ घाइते भएका छन्। शनिबार दुवैलाई धर्मनाथका दाजु रामदेव चौधरी र उनको परिवारले निर्घात कुटपिट गरेको प्रहरीले जनाएको छ।

कुटपिटबाट राघोदेवीको खुट्टा भाचिएको छ भने धर्मनाथको टाउको फुट्नुका साथै शरीरको विभिन्न भागमा चोट छ। धर्मनाथको टाउकोमा ८ वटा टाका लगाइएको छ।

प्रहरीले उनका दाजु रामदेवलाई शुक्रबार साँझ पक्राउ गरेको छ। विवादित जग्गामा बाख्रा चराउने विषयमा धर्मनाथका र रामदेवका पत्निबीच विवाद सुरु भएको थियो। विवादमा दुबै पक्षका पुरुष सदस्य पनि सहभागि भएपछि विवादले उग्र रुप लिएको थियो।

चर्चामा

सम्बन्धित समाचार