समग्रह मा केई कांडा केई फुल हुन्छन,
जीवन शंर्घष अनुकुल प्रतिकुल हुन्छन।
कसैको त मृत्यु पनि अंमर गरुङ्गो हुँदा,
धेरैको जीवन पनि हलुङ्गो झुल हुन्छन।
मानिस त गलतिको पुत्ला जस्तो हुँदा,
कामगर्ने द्वारानमा धेरै थोरै भुल हुन्छन।
कसैको बोलि ब्यबहार ठ्याक्कै मिल्दा,
आफै खर्चेको मुल्य पनि असुल हुन्छन।
धर्तिमा आउँदा रित्तो सिलेट थ्यो हाम्रो,
प्राकृति समाजले मष्तिक चुल हुन्छन।
अधिक घमण्ड नराखे हुन्छ मानिसहरु,
जन्मेका जति सबै एकदिन धुल हुन्छन।
सुरेशकुमार पान्डे।