बिहिबार, असार ११, २०८३
  • होमपेज
  • समाचार
  • रुखले किच्दा अटोमा सवार महिलाको मृत्यु, तीन जना घाइते

रुखले किच्दा अटोमा सवार महिलाको मृत्यु, तीन जना घाइते

  • आइतवार, साउन २४, २०७८
सेयर गर्नुहोस् :
रुखले किच्दा अटोमा सवार महिलाको मृत्यु, तीन जना घाइते

काठमाडौं —  उदयपुरको उदयपुरगढी गाउँपालिका–७ अधेरीमा रुख लडेर अटोलाई किच्दा त्यसमा सवार एक महिलाको मृत्यु भएको छ । प्रदेश २–०१–००१ ह ०५६० नम्बरको अटोमा सवार कटारी नगरपालिका–४ की ३८ वर्षीया निशा दनुवारको मृत्यु भएको प्रहरीले जनाएको छ ।

रुखले थिचेर अटो चालक र अटो नजिकै रहेका अन्य दुई जना घाइते भएका छन् । उनीहरुको कटारी अस्पतालमा उपचार भइरहेको छ ।

रुखले किच्दा अटो पूर्ण रुपमा क्षति भएको छ भने नजिकै रहेको रहेको स १० प ३२७२ नम्बरको मोटरसाइकलमा समेत क्षति पुगेको छ ।

चर्चामा

सम्बन्धित समाचार