• होमपेज
  • समाचार
  • लागूऔषधसहित दुई जना पक्राउ

लागूऔषधसहित दुई जना पक्राउ

  • मङ्लबार, साउन १२, २०७८
लागूऔषधसहित दुई जना पक्राउ

सुर्खेतबाट लागूऔषधसहित दुई युवक पक्राउ परेका छन्।

जिल्लाको वीरेन्द्रनगर नगरपालिका–५, गणेशचोकबाट लागूऔषध ब्राउनसुगरसहित उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

पक्राउ पर्नेमा वीरेन्द्रनगर–५, का २५ वर्षीय सन्दिप बि.क. र सोही ठाउँका ३० वर्षीय खडानन्द पौडेल रहको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवंम डीएसपी रामप्रासद घर्तीले जानकारी दिए।

उनका अनुसार गणेशचोक स्थित सडक बाटोमा शंकाष्पद रुपमा हिडिरहेका उनीहरुको शरीर चेकजाँच गर्दा सन्दिपको शरिरमा छिपाई राखेको ३ पुरिया ब्राउन सुगर फेला गरेको हो।

लागूऔषधसहित पक्राउ परेका दुवै जनालाई नियन्त्रणमा लिइ थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

चर्चामा

सम्बन्धित समाचार