• होमपेज
  • समाचार
  • दाङमा अज्ञात समूहद्वारा बसमा आगजनी

दाङमा अज्ञात समूहद्वारा बसमा आगजनी

  • सोमवार, साउन ११, २०७८
दाङमा अज्ञात समूहद्वारा बसमा आगजनी

कृष्ण अधिकारी — दाङ तुलसीपुरको कालाखोलामा रोकी राखेको बसमा अज्ञात समुहले गएराति आगजनी गरेका छन् । घोराही–तुलसीपुर सडक खण्डको कालाखोला नजिक सडकमा पार्किङ गरी राखेको अवस्थामा बसमाथी आगजनी भएको हो ।
जिल्ला प्रहरी प्रहरी कार्यालय दाङका प्रवक्ता एवं डिएसपि मुकुन्द प्रसाद रिजालका अनुसार तु रा १ ख १८९२ नम्बरको बसमा राती २ बजे सो समुहले आगो लगाएको हो ।
ईलाका प्रहरी कार्यालय तुलसीपुरको प्रहरी टोली राती नै घटनास्थलमा पुगी आगो नियन्त्रणमा लिएको थियो । घटनामा संलग्न व्यक्तहरुको खोजि कार्य भैरहेको प्रहरीले जनाएको छ ।।

चर्चामा

सम्बन्धित समाचार