शुक्रबार, माघ १०, २०८२
  • होमपेज
  • समाचार
  • जबरजस्ती करणी मुद्दाका फरार अभियुक्त पक्राउ

जबरजस्ती करणी मुद्दाका फरार अभियुक्त पक्राउ

  • शनिबार, साउन २, २०७८
जबरजस्ती करणी मुद्दाका फरार अभियुक्त पक्राउ

कञ्चनपुर — जबरजस्ती करणी मुद्दामा फरार रहेका एक अभियुक्तलाई प्रहरीले कञ्चनपुरमा पक्राउ गरेको छ।

प्रहरीका अनुसार पक्राउ पर्नेमा कृष्णपुर नगरपालिका–९का विष्णु राना रहेका छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार रानालाई शुक्रबार घरनजिकै लुकिछिपी बसिरहेको अवस्थामा पक्राउ गरिएको हो ।

रानाविरुद्ध जिल्ला अदालत कञ्चनपुरले २०७७ मंसिर २४ गते १ वर्ष कैद र एक लाख जरिवानाको सजाय सुनाएको थियो। त्यसपश्चात् उनी फरार थिए।

अहिले उनलाई कैद भुक्तानका लागि कारागार चलान गरिएको प्रहरीले बताएको छ ।

चर्चामा

सम्बन्धित समाचार