• होमपेज
  • समाचार
  • खाल्डाखुल्टीमै सिमित सदरमुकाम चैनपुर रोड

खाल्डाखुल्टीमै सिमित सदरमुकाम चैनपुर रोड

  • आइतवार, असार २७, २०७८
खाल्डाखुल्टीमै सिमित सदरमुकाम चैनपुर रोड

अर्थ जङ्ग शाही /बझाङ्ग — बझाङ्ग जिल्लाको सदरमुकाम चैन्पुरमा पछिल्लो समय सवारीको चाप बढ्दै गईरहेको छ । सवारी साधनको चाप बढे पनि यहाँका मुख्य सडकहरु नै साँघुरा हुँदा जनताहरुले पटक पटक बिभिन्न दुख भोग्दै आएका छन् । सडकमा सामान्य कार्यक्रम,र्यालिको आयोजना गर्दा सडक एक छिनमै जाम हुने गरेको छ ।

सदरमुकाम चैन्पुरमा अझ साँघुरो सडक, त्यसैमा भएका खाल्डाखुल्डीहरुले समते जाम बढ्दै गएको हो । बढ्दो जनसंख्यासंगै सवारी चापले गर्दा सडकमा जाम लगाएत दुर्घटनाको जोखीम बढ्दै गएको छ । जयपुथ्वी नगरपालिका –१० का स्थानियबाँसी पारस शाहीले भने सवारी साधनको चाप बढी रहेका कारण दुर्घटना तथा सडकमा चाप बढ्दै गएको बताए ।

साँघुरा सडकलाई स्तरोउन्नति गरी अहिलेको जनसख्या र सवारी चापलाई मध्यनजर गर्नुको साटो जयपुथ्वी नगरपालिकाले त्यसै सडकलाई बर्षेनि टालटुल मात्रै गर्ने गरेको छ । एक त सानो अनि साँधुरो बाटो, झन् त्यसैमाथि ठूला ठूला मिनिटाटा,टिप्पर रोडमा कुदिरहेका छन्, पार्किङ्ग नगर्ने ठाउँमा पार्किङ्ग गरिएको छ। यस बिषयमा नगरपालिकाले पनि कुनै चाँसो नदिएको चैन्पुरका स्थानियबाँसीहरुको भनाई रहेको छ।

चर्चामा

सम्बन्धित समाचार