• होमपेज
  • समाज
  • बाजुराकाे मुक्तिकोट गाउँ चरम खाद्य संकटको मारमा

बाजुराकाे मुक्तिकोट गाउँ चरम खाद्य संकटको मारमा

  • शनिबार, असार १२, २०७८
बाजुराकाे मुक्तिकोट गाउँ चरम खाद्य संकटको मारमा

बाजुरा–स्वामिकार्तिक खापर गाँउपालिका १ मुुक्तिकोट गाँउ चरम खाद्य संकटको मारमा परेको छ । खडेरीका कारणले कृषि उत्पादन नभएपछि र कोरोनाको कहरले मुुक्तिकोट गाँउमा चरम खाद्य संकट भएको स्थानिय बल बहादुर बिकले वताएका छन् ।
गाँउमा रहेका ४ सय दलित परिवारमा दैनिक छाक टार्न निकै धौ धौ भएको स्थानियले वताएका छन् । लकडाउनमा दैनिक ज्याला मजदुरी समेत नपाउँदा झन समस्यामा परेका हुन् । न गाँउमा रोजगारि छ, न उत्पादन नै दैनिक छाक टार्न निकै समस्या परेका हुन् । खडेरीका कारणले लगाएको गहुँ, जौ लगायत अन्नवाली सुकेको थियो स्थानिय राम बहादुर बिकले वताएका छन् ।
४ सय दलित परिवारमा ४ जना मात्र सरकारी जागिरेमा छन् । गाँउका सबै युवाहरु कामका लागि भारत जाने गरेका छन् । कोरोना कारणले भारतमा गएका नेपाल फिर्ता भएदेखि नै गाँउमा खाद्य संकट भएको छ । कोरोनाको अबस्था सहज हुदै गएपछि गाँउका पुुरुषहरु अहिले भारत तिर जाने तयारीमा छन् ।
मुक्तीकोट गाँउ हाल चरम गरिवी र अभावमा तडपिरहको छ । मुक्तिकोट गाँउ सुुख्खा डाँडोमा बस्ति रहेको छ, जग्गा जमिन थोर थोरै भएपनि खडेरीले १ महिना खानलाई उब्जनी समेत नहुुने गरेको स्थनिय औजनी बिकले वताए । अधिकांश परिवार १२ महिना बजारको चामलमा निर्भर रहने गरेका छन । साहुुको महँगो ब्याजदरमा रिन काढेर चामल किनेर खाने गरेको उनले वताईन् ।
स्वामिकार्तिक गाउँपालिका सुचना अधिकारी कुुबेर शाहिका अनुसार मुुक्तिकोट गाँउका ९५ प्रतिशत बासिन्दा चरम खाद्य संकट र कुुपोषणको चपेटामा रहेको वताएका छन् । चरम खाद्य संकटका कारणले नै गाँउका बालवालिका गर्भवती, बयबृद्ध कुुपोषणका शिकार बनेका छन् । बर्षेनी बालवालिकाको कुुपोषणका कारणले मृत्यु हुुने गरेको छ । गाँउमा चरम खाद्य संकट भएको भएपनि सरकारको कुुनै चासो नगएको पाईएको छ । गाँउपालिकाले भने त्यो गाँउमा सधै चरम खाद्य संकट हुुदै आएको गाँउपालिकाले केही सहयोग गर्दै आएको वताएको छ ।
बाजुरको स्वामिकार्तिक खापर गाँउपालिका देश र जिल्लाकै सबै भन्दा बढि गरिब स्थानिय तह हो । गरिब घर परिवार पहिचान बोर्डले २०७२ मा निकालेको प्रतिबेदनमा गाँउपालिकामा ७५ प्रतिशत गरिबिको रेखामुुनि रहेको जनाएको छ । वोर्डले गरेको सर्वेक्षणले स्वामिकार्तिक खापर गाँउपालिकामा २१ सय ८५ परिवार मध्ये १८ सय ३८ परिवार चरम गरिबिको रेखामुनि रहेको देखाएको थियो ।
मुक्तिकोट गाँउका अधिकांश बालवालिका कुुपोषणको चपेटामा रहेका छन् । गाँउमा कुुपोषणका कारणले बर्षेनी वालवालिकाको मृत्युु हुने गरेको छ । त्यहाका नागरिकलाइ बच्चा मर्ने त सामान्य झै भएको छ । खान लगाउन राम्रो सँग नपाउने त्यहाँ बासिन्दा बालबालिका, गर्भवति महिला चरम कुपोषणको मारमा परेका छन् । धेरै बच्चा हरु अहिले कुुपोषणका कारणले जिवनमरणको दोसाधमा रहेका छन् ।
मुक्तिकोट गाँउमा उपचार अभाबमा कुुपोषणले धेरै बालकालिका छटपटिरहेको स्थानिय बल बहादुर बिकले वताएका छन् । धेरै सुुत्केरी आमाहरु आफै कुुपोषित रहेका छन् । यसरी बर्षेनी कुुपोषणका कारणले बालबालिकाको मृत्युभएको भएपनि राज्यको ध्यान पुुग्न सकेको छैन्, मुक्तिकोट बाँसि भन्छन्, हाम्रो भनेको राज्य सुुन्दैन्, कसलाई भन्ने गुुनासो पोख्छन् ।
कुुपोषणको शिकारमा गाँउका बालवालिका चपेटा परेका भएपनि सरकारलाई त्यहाको अबस्थाको बारेमा कुुनै जानकारी छैन् । नत कुुपोषण जाँच गरेको छ, नत ति बच्चाहरुको उपचार तथा लिटोको ब्यबस्थापन् गरेको पाईन्छ । गाँउ नजिकै भर्खरै सामुुदायिक स्वास्थ्य केन्द्र स्थापना भएपनि सामान्य उपचार बाहेक अन्य कुुपोषण सम्बन्धि कुुनै चेकजाँच नहुुने गरेको छ ।

चर्चामा

सम्बन्धित समाचार