अभिनेत्री अदिति बुढाथोकी अभिनित फिल्म ‘बाबरी’को छायाँकन रोकिएको छ । पूर्वको लेटाङबाट छायाँकन सुरु भएको फिल्म छायाँकन लकडाउनले रोकिएको हो । फिल्मको निर्माता पुष्पा बुढाथोकी हुन् ।
‘फिल्मको अवको छायाँकन सेड्युल सिक्किममा रहेको थियो । अहिले त्यहाँ गएर छायाँकन गर्ने वाताबरण अनुकुल नभएकोको सुटिङ रोकिएको हो’ निर्माता पुष्पा बुढाथोकीले भनिन् ।
‘बाबरी’ मार्फत पुराना अभिनेत्री तृप्ति नाडकरका छोरा धिरज टोटलानी पनि अभिनयमा डेब्यु गर्दैछन् । फिल्मका निर्देशक सुरेन्द्र पौडेल हुन् ।
फिल्ममा नरेन्द्र मैनालीको छायाँंकन, एन्जिला खत्रीको कोरियोग्राफी, कालीप्रसाद बाँस्कोटा, अनमोल गुरुङ र सुजन चापागाईँको संगीत रहनेछ ।