आइतवार, असार १४, २०८३
  • होमपेज
  • समाज
  • आफ्नै विद्यार्थीलाई जबरजस्ती करणी गर्न खोजेको आरोपमा ३१ वर्षीय शिक्षक पक्राउ

आफ्नै विद्यार्थीलाई जबरजस्ती करणी गर्न खोजेको आरोपमा ३१ वर्षीय शिक्षक पक्राउ

  • सोमवार, चैत्र १६, २०७७
सेयर गर्नुहोस् :
आफ्नै विद्यार्थीलाई जबरजस्ती करणी गर्न खोजेको आरोपमा ३१ वर्षीय शिक्षक पक्राउ

आफ्नै विद्यार्थीलाई जवरजस्ती करणी गर्न खोजेको आरोपमा जिल्ला प्रहरी कार्यालय बझाङले एक शिक्षकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जयपृथ्वी नगरपालिका- ६ नौरामा रहेको भवानी माविमा कार्यरत ३१ वर्षीय शिक्षक रहेको प्रहरीले जनाएको छ ।

उनीमाथि कक्षा ९ मा अध्ययनरत १४ वर्षीया किशोरीमाथि जबरजस्ती करणी गर्न खोजेको आरोप लगाइएको छ । पीडित पक्षले दिएको उजुरीका आधारमा आईतबार साँझ शिक्षकलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । चैत्र १४ गते एक्लै पानी भर्न धारामा गएको मौका छोपी ग्वानी भन्ने ठाउमा किशोरीलाई जबरजस्ती करणी गर्न खोजेको पीडित किशोरीका आफ्न्तले आरोप लगाएका छन् ।

पक्राउ परेका शिक्षकलाई प्रहरी हिरासतमा राखेर घटनाको बारेमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बझाङका सुचना अधिकारि लोकेन्द्र सिंह कार्कीले बताए ।

चर्चामा

सम्बन्धित समाचार