चक्र बहादुर अएडी — जिल्लाको त्रिवेणी नगरपालिकामा आलु खेतीलाई बढावा र नयाँ राम्रो विउँलाई फैलाएर आलु उत्पादनलाई जोड दिने उदेश्यले बुधवार बाट आलु वितरण कार्यँक्रम गरिएको छ ।
त्रिवेणी नगरपालिका कृर्षि शाखाको आयोजनामा नगरपालिका भित्रमा रहेका सम्पुर्ण वडाहरुका कृर्षकहरुलाई वितण हुने नगरपालिकाले बताएको छ । सो कार्यक्रम बुधवार बाट वडा नम्वर ८ बाट एक औपचारिक कार्यक्रमका विच सुरुवात गरिएको त्रिवेणी नगरपालिका कृर्षि शाखा प्रमुख मान बहादुर रावलले बताउनु भयो । सो कार्यक्रम आलु उत्पादन हुने क्षेत्र अथवा लेकाली भेगका कृर्षकहरुलाई प्रति परिवार ५ किलोका दरले ८६ कुईन्टल वितरण गरिने भएको छ ।
पछिल्लो समय त्रिवेणी नगरपालिकाले कृर्षि र शिक्षालाई बढि जोड दिएको छ । वितण कार्यक्रममा बोल्दै नगर प्रमुख रावलले गर्न चाहाने जोसुकै व्यक्तिलाई नगरपालिका बाट हुने सेवासुविधा प्रदान गरिने बताए । कार्यक्रममा नगर प्रमुख रामसिंह रावले वडा नम्वर ८ बाट कृर्षकहरुलाई ५ किलोका दरले आलु वितरण गरि सो कार्यक्रमको सुभारम्भ गरिएकाे हो ।