• होमपेज
  • कला /साहित्य
  • प्रेम दिवश-लघुकथा

प्रेम दिवश-लघुकथा

  • सोमवार, फाल्गुन ३, २०७७
प्रेम दिवश-लघुकथा

रिठेले आज बिहानै रुक्मणी सँगको फोटा राखेर फेशबुकमा प्रेम दिवशको बारेमा लेखेका शब्दहरु लाई बिनुले धेरै चोटी दोराएर पढेका थिए।यो देखेर के खास कुराछ दाई घरी घरी दोराउँदै पढ्दै गर्नु भयकोछ?भन्दै मणिले प्रश्न राख्छ।खै यस्तालाई पनि के भनौ भाई यो मान्छेले लेखेको यो प्रेमपत्र अनि तस्विर देखेर हरेक मान्छेले कति राम्रो प्रेम गर्दो रैछ भन्दाहोलान तर..बिनु यत्ति भनेर रोक्किन्छन।के भयो अगाडी भन्नुसन चिन्नु हुँन्छर यिनिहरुलाई?मणिले सोध्छन।हो चिनेको छुँनी किन नचिन्ने यिनिहरुको नजिकै त बस्थे किहि दिन पहिले म पनि!बिनुले भन्छन।यह हो त्यसो भय त जोडि न.एक नै होलान यिनिहरु कति राम्रो बेलिन्टिना डे को इस्टाईस लेखेर पोस्ट गरेकाछन।तल धेरैले शुन्दर जोडि सुखि जोडि, सदाबहार जोडि आदि लेख्दै शुभ कामना दिएकाछन।
होनी यो मुहार पुस्तिकामा जस्तो देख्छन वास्तबिक रुप बिन्दै हुँन्छ।हजूरले पनि ता शुन्दर जोडि भनेर कमेट गर्नु भयको रैछनी!चिन्नु त हजूरले पनि भयको रैनछ!बिनुले मणि सँग भन्छन।हो मलाई केथा मैले त शुन्दर तस्विर देखेर त्यहि लेखेको थिएँ उनिहरुको बारेमा मलाई खासै जानकारी छैन!मणिले भन्छ।यो ब्याक्ति एक न.को ऐयाश छ,जुवा तास खेल्ने अनि रक्सि पिएर आफ्नी श्रीमतिलाई रातिमा सदै पिट्ने गर्थ्यो।
रुकमणिले केहि कोठिहरुमा साफ सफाईको काम गर्छिन र त्यहि पैसाले केटा केटीलाई ज्यान त्यान स्कुलमा हालेकिछन।म नजिकै बस्छु पहिले त त्यहाँ दिनौ झग्डा गर्थे र केटा केटीलाई पनि स्कुलमा भर्न गराएका थिएनन।एकदिन रिठे म सिम बिहानै आएर केहि पैसाको माग गर्दै थिए।मैले किन चाहियो पैसा भनेर सोध्दै थिए उनि भावुक हुँदै आफ्नि श्रीमति बिरामि भयको उपचार गराउँन आर्थिक छैन!तलब ल्याएर दिन्छु भन्दै अनुनय बिनय गरे।मैले पहिले त सोचे कस्ता ब्याक्ति हुँन पैसा फिर्ता दिन्छन की दिदैनन्। खासै चिनजान पनि त थिएन।एउटा अञ्जान मान्छे सँग कसरी पैसा सापट मागेका होलान,भन्दै कुनै ठुलै समस्या परेको होला भनठानेर आफु सँग भयको ५००को नोट निकालेर थमाई दिएँ उनि खुसिले गद्गद हुँदै मलाई धन्यावाद दिदै निस्किए।अहि बेर पछि उन्कि श्रीमति रुँदै चिच्चाउँदै म सिम आईन।उनि रोएकि थिईन ए दाई हेर्नुशत कुनले यो मेरो बुढालाई पैसा दिएछ रक्सि पिएर हेर्नुस त मलाई कुट्यो भन्दै कराउँदै थिईन। उन्ले रक्सि खान्छ भनेर पैसा नदिने रैछिन मलाई केथा त्यो कुरा,फेरी पनि म चुपचापनै रहेँ।
एक चोटी सम्झाई दिनुश दाई छोरा छोरीलाई पनि कुट्दैछन उन्ले भनेपछि म उन्को पछि पछि उनैका घरमा पुगे।म अरु भन्दा उन्को नजिकै भयकोले एउटा छिमेकिको नाताले उन्को हेल्फ गर्छु भनेर गयको के थिएँ।त्यो ब्यक्ति उल्टा मेरै उप्र आई लाग्यो।मेरो स्वस्नीलाई भड्काउँने तँ कोहोश भन्दै उल्टै म सँग कराउँन थाल्यो।मैले बच्चालाई र महिलालाई केहि अनहोनि भयो भने पोलिसलाई बोलाउँछु भन्दै त्यसलाई धम्काएर फर्किएँ।केहि दिन पछि फेरी रक्सि नपिएको बेलामा उस्लाई सम्झाएर बच्चाहरुलाई सरकारी स्कुलमा दाखला गर्न मद्त गरेँ तर उनिहरुको घरमा दिनौ कलेसनै हुँने गर्थ्यो।त्यो पाँच सए रुपिया अहिले पनि माग्न डर लाग्छ मलाई!बिनुले भने।बिनु एउटा सामाजिक ब्याक्ति थिए र रुकमणि र रिठेको निजिकै उन्को पहिले क्वाटर थियो।उनिहरुको दिनौको कलेशले गर्दा आफुले अलि टाडा क्वाटर लिएर बसेको बताए।हो र हजूलाई त झन्नै फसाएन्छ त्यो ब्याक्तिले,तर बिनु ज्यु सधै भरी मान्छे एकैनासे त हुँदैन नि अब सुध्रिएको होलानी!मणिले बिनु सँग भन्छन।हजूर त्यो पनि हो तर उस्मा सुधार होला जस्तो मलाई लाग्दैन!मात्रै यो मुहार पुस्तिकामा लेखेको र तस्विर राखेको भरमा केहि भन्न गारोछ!बिनुले भन्छन।
आज को दिनलाई यसरी बेलेन्टिना डे भन्दै युवा युबितीले गुलाब साटा साट किन गर्छन होला? आज त सबैका जोडाले पनि फोटा राखेर दिवश मनाएकाछन नी यो कस्तो दिनहो?मणिले प्रश्न गर्छन।खै हजूर कागलाई बेल पाक्यो हर्श न बिस्मता भनेको झैँ हो हामिलाई त यो दिवश।न त हाम्रो देशको परम परानै थियो न छिमेकिको यो त कतै अंग्रेज हरुले मनाउँने दिन हुँनुपर्छ।बिनुले भन्छन।साँच्चै मायाँ गर्नेहरुले त सदै भरी मायाँनै गर्छन यहि दिन कुरेर बसेकाहरुले भने आजै गर्दाहुँन त्यहिपनि त्यो रिठेले झैँ बर्ष भरी स्वास्निलाई कुट्ने र आर्काको कामगर्न पठाउँने एकदिन तस्विर मुहार पुस्तिकामा राखेर खुब्बै मायाँ गर्नेरैछ आफ्नो जहान सँग भन्ने गराउँने।त्यो एउटा ओपचारिकता देखाउँने हरुलाई भने सजिलो भयकोछ!बिनुले अगाडि थप्छन।त्यो पनि हो हिँजो आज त के फेसन आयो समाजमा आमा दिवस, बाबा दिवश भन्दै बुढा बुढिको फोटा राख्छन आमा र बालाई भने बृद्धाश्राममा पठाई दिन्छन।सबैमा स्वर्थ मात्रै फुल्यो फल्यो,प्रेम स्नेहको त नामो निशान छ भने यहि मुहार पुस्तिकामा मात्रै देखिन्छ।धन्याहो प्रेम दिवशको मञ्च पनि।

चर्चामा

सम्बन्धित समाचार