बिहिबार, बैशाख २०, २०८१
  • होमपेज
  • समाचार
  • २०८१ मा तीनवटा दशैँ

२०८१ मा तीनवटा दशैँ

  • शनिबार, बैशाख १, २०८१
२०८१ मा तीनवटा दशैँ

आजबाट विक्रम संवत् २०८१ साल सुरु भएको छ । नयाँ वर्ष, नयाँ थालनी, नयाँ उमंग, नयाँ उल्लास सबै कुरा नयाँ छ आज । वर्षभरी रमाइलो होस् भन्ने कामनाका साथ धूमधामले नयाँ वर्ष मनाउने गरिन्छ ।आजको दिनमा नयाँ ठाउँमा घुम्ने, नयाँ कपडा लगाउने, साथीभाइ भेटघाट, परिवार आफन्तसँग बसेर खुसी साथ मनाइने गरिन्छ ।

विक्रम संवत् २०८१ मा तीनवटा दशैँ परेका छन् । यो वर्ष चैत्र शुक्ल पक्षमा पर्ने २ वटा चैते दशैँ परेको छ । वैशाख ४ गते मंगलबार चैत्र शुक्ल अष्टमी अर्थात् चैते दशैं परेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले स्वीकृत गरेको पात्रो (पञ्चाङ्ग) मा उल्लेख छ ।

बडादशैँका रूपमा मनाइने आश्विन शुक्ल पक्षको दशैँ यस वर्ष असोज १७ गते बिहीबार घटस्थापना गरेर सुरु हुने भएको छ । असोज २४ गते बिहीबार फूलपाती, २५ महाअष्टमी र महानवमी तथा असोज २६ गते शनिबार विजयादशमी परेको छ । कार्तिक कृष्णपक्षमा सुरु भएर शुक्ल पक्षमा सकिने तिहार कात्तिक १५ गते बिहीबारदेखि सुरु हुनेछ ।

दशैँ र तिहारलाई नेपालमा विशेष रूपमा मनाइन्छ । लक्ष्मीपूजा कात्तिक १५ गते बिहीबार र भाइटीका कात्तिक १८ गते आइतबार परेको छ । त्यसैगरी, चैत्र २३ गते शनिबार चैते दशैँ परेको छ । चैते दशैँ नेपालका अधिकांश भागहरूमा धूमधामसँग देवीको पूजाआजा गरेर मनाउने गरिन्छ । चैत्र शुक्ल र आश्विन शुक्ल पक्षमा पर्ने दशैँलाई वैदिक सनातन धर्मावलम्बी नेपालीले ठूलो चाडका रूपमा मनाउँछन् ।

चर्चामा

सम्बन्धित समाचार