बिहिबार, बैशाख २०, २०८१
  • होमपेज
  • समाचार
  • कांग्रेसले सदन निरन्तर अवरुद्ध गरेपछि अधिवेशन अन्त्य गर्ने तयारीमा सरकार

कांग्रेसले सदन निरन्तर अवरुद्ध गरेपछि अधिवेशन अन्त्य गर्ने तयारीमा सरकार

  • शुक्रबार, चैत्र ३०, २०८०
कांग्रेसले सदन निरन्तर अवरुद्ध गरेपछि अधिवेशन अन्त्य गर्ने तयारीमा सरकार

काठमाडौं— नेपाली कांग्रेसले निरन्तर संसद अवरुद्ध गरेर कार्यसूचीमा प्रवेश गर्न नदिएपछि सरकारले संसद अधिवेशन अन्त्य गर्ने तयारी गरेको छ।

सहकारी ठगीमा संलग्न भएको भन्दै कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई कारबाही गर्न संसदीय छानबिन समिति गठनको माग गरेको छ। तर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रवि लामिछानेलाई नै केन्द्रमा राखेर कांग्रेसले माग गरेको समिति गठन गर्न नसकिने स्पष्ट पार्दै आएका छन्।

उनले प्रतिपक्ष दलले सहकारी क्षेत्रमा देखिएको समस्या समाधान गर्नेभन्दा पनि गठबन्धन फेरिएपछि राजनीतिक मुद्दा बनाइएकाले छानबिन समिति गठन नहुने बताएका हुन्।

आज बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भएको भेटमा समेत संसदको गतिरोध अन्त्य, उपनिर्वाचन र समसामयिक विषयमा छलफल भएको थियो।

भेटपश्चात पत्रकारसँग अध्यक्ष ओलीले कांग्रेसले संसद चल्न नदिएको बताए। उनले कांग्रेसले सदन नदिएकाले अधिवेशन अन्त्य गर्नुपर्ने धारणा राखे। उनले भने,‘कांग्रेसले संसद चल्न दिएन,अब अधिवेशन अन्त्य गर्नुपर्छ।’

चर्चामा

सम्बन्धित समाचार