सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • समाचार
  • संसद् बैठक भोलिसम्मका लागि स्थगित

संसद् बैठक भोलिसम्मका लागि स्थगित

  • मङ्लबार, चैत्र २७, २०८०
संसद् बैठक भोलिसम्मका लागि स्थगित

काठमाडौं — प्रतिनिधि सभाको बैठक भोलि, बुधबारसम्मका लागि स्थगित भएको छ ।

यसअघि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले बैठकमा अवरोध गरेपछि १५ मिनेटको लागि स्थगित गरिएको थियो । आज सूचना टाँसेर स्थगित गरिएको बैठक भोलि बिहान ११ बजेका लागि बोलाइएको छ ।

बैठक स्थगित गरेर सभामुख देवराज घिमिरेले नेपाली कांग्रेस, एमाले, माओवादी, राष्ट्रिय स्वतन्त्र पार्टीलगायत दलका नेताहरूसँग छलफल गरेका थिए ।

कांग्रेस गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति बनाउने मागबाट पछि नहटेपछि छलफल निष्कर्षमा पुग्न सकेको छैन ।

चर्चामा

सम्बन्धित समाचार