मङ्लबार, बैशाख १८, २०८१
  • होमपेज
  • धार्मिक
  • आज २०८० साल चैत २१ गते बुधबारको राशिफल

आज २०८० साल चैत २१ गते बुधबारको राशिफल

  • बुधबार, चैत्र २१, २०८०
आज २०८० साल चैत २१ गते बुधबारको राशिफल

आज २०८० साल चैत २१ गते बुधबार तदनुसार सन् २०२४ अप्रिल ३ तारिख। ज्योतिषशास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। २७ नक्षत्रको आधारमा राशिको नाम निर्धारण गरिन्छ। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी गरिन्छ।

मेष : यात्रा राम्रो हुनेछ। आफन्तको आगमनले घरमा खुशी मिल्नेछ। साथीसँगको भेट रमाइलो हुनेछ। शिक्षा क्षेत्रको लगानीबाट उत्साह बढ्नेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

वृष : भविष्यको योजना आफैले बनाउनुपर्ने दिन छ। प्रयास गरेको क्षेत्रबाट प्रतिफल प्राप्त हुनेछ। वैदेशिक क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ। परिवार र प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

मिथुन : आफ्नो काम आफैंले गर्नुपर्ने समय छ। परिवारबाट राम्रो सहयोग प्राप्त हुनेछ। आर्थिक क्षेत्रमा उन्नति र सामाजिक क्षेत्रको सम्बन्ध सुधार हुनेछ।

कर्कट : शेयर बजारमा फाइदा हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ। न्यायपूर्वक गरेको लगानीबाट फाइदा हुनेछ। परिवारको साथ प्राप्त हुनेछ।

सिंह : दाम्पत्य जीवन सुखमय बित्नेछ। आर्थिक अवस्था सुधार हुनेछ। सहयोग गर्ने साथी धेरै छन्। स्वदेशमा भन्दा विदेशमा गरेको लगानीबाट फाइदा हुने योग छ। प्रेममा सफलता मिल्नेछ।

कन्या : सभा सम्मेलनमा सहभागी हुने अवसर छ। बौद्धिक व्यक्तिसँग भेट हुनेछ। धेरै ग्रह सकारात्मक छन्। साथीभाइले साथ दिनेछन्। खानपानमा ख्याल नगर्दा स्वास्थ्यमा असर गर्ने देखिन्छ।

तुला : अधिकारका लागि संघर्ष गर्नुपर्ने दिन छ। शिक्षा क्षेत्रमा प्रशंसा प्राप्त हुनेछ। कर्म क्षेत्रमा सन्तुष्टि मिल्नेछ। परिवारको सहमतिमा काम गर्नु राम्रो हुनेछ।

वृश्चिक : यात्रा सफल हुनेछ। ठुला मान्छेसँगको भेट फलदायी हुनेछ। आर्थिक क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ। गुमेको धन हात लाग्ने योग छ। शिक्षा क्षेत्रमा गरेको प्रयास सफल हुनेछ।

धनु : लामो समयदेखि संघर्ष गरेको उपलब्धि हात लाग्नेछ। पुराना साथीको भलाकुसारीबाट दिन रमाइलो बन्नेछ। शिक्षा क्षेत्रमा फाइदा हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

मकर : सामाजिक काम गर्ने अवसर मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ। लगानी गर्ने भए शिक्षा क्षेत्रमा प्रगति हुनेछ। वैदेशिक रोजगारीमा उन्नति हुनेछ।

कुम्भ : आर्थिक कारोबारमा समस्या हुनेछ। परिवारमा घर व्यवहारकै कारण झगडा हुने जोखिम छ। बोलीमा नम्रता आवश्यक देखिन्छ। समाजमा प्राप्त सम्मान जोगाउनुपर्ने दिन छ।

मीन : लगानीको क्षेत्रमा फाइदा हुनेछ। शिक्षाको क्षेत्रमा लगानी गरेको भए राम्रो हुनेछ। ठुलो खर्चबाट आफैं जोगिनु राम्रो हुन्छ। सामाजिक कार्यमा लगानी गर्नु फाइदा हुनेछ।

चर्चामा

सम्बन्धित समाचार