शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • समाचार
  • नेपाल प्रहरीका ८ जना डीएसपी एसपीमा बढुवा सिफारिस

नेपाल प्रहरीका ८ जना डीएसपी एसपीमा बढुवा सिफारिस

  • बिहिबार, चैत्र १५, २०८०
नेपाल प्रहरीका ८ जना डीएसपी एसपीमा बढुवा सिफारिस

काठमाडौं — नेपाल प्रहरीमा जनपद समूहतर्फ ८ जना डीएसपीलाई प्रहरी उपरीक्षक (एसपी)मा बढुवा गर्न सिफारिस गरिएको छ। बुधबार आईजीपी वसन्त कुँवरको अध्यक्षतामा बसेको बढुवा समितिले बढुवा सिफारिस गरेको प्रहरी अतिरिक्त महानिरीक्षक टेक प्रसाद राईले जानकारी दिए।

उनका अनुसार डीएसपीह ढकेन्द्र खतिवडा, अंगुर जिसी, यादव ढकाल, सन्तोष तामाङ, श्याम बाबु ओलिया, निरन्जन दत्त भट्ट, राजन लिम्बु र विनोद घिमिरेलाई एसपीमा बढुवा गर्न सिफारिस गरिएको हो ।

सूचनामा भनिएको छ, ‘नेपाल प्रहरीमा जनपद प्रहरी समूहतर्फको प्रहरी उपरीक्षक पद संख्या ८ (आठ) मा बढुवा गर्न चैत्र १४ बसेको बढुवा समितिको बैठकको निर्णय अनुसार जनपद प्रहरी समूहतर्फका प्रहरी नायव उपरीक्षकहरुलाई सोही समूहतर्फको प्रहरी उपरीक्षक पदमा बढुवाका लागि गरिएको सिफारिस सूची प्रहरी नियमावली,२०७१ (संशोधन सहित) को नियम २७ को उप-नियम (४) अनुसार सम्बन्धित सबैको जानकारीका लागि प्रकाशित गरिएको छ ।’

चर्चामा

सम्बन्धित समाचार