शुक्रबार, साउन ४, २०८१
  • होमपेज
  • समाचार
  • माटोको ढिस्कोले पुरिएर एकको मृत्युु, ३ जनाको उद्दार

माटोको ढिस्कोले पुरिएर एकको मृत्युु, ३ जनाको उद्दार

  • आइतवार, चैत्र ११, २०८०
माटोको ढिस्कोले पुरिएर एकको मृत्युु, ३ जनाको उद्दार

डोटी — माटोको ढिस्कोले पुरिएर डाेटीमा एक महिलाको मृत्युु भएको छ । तीन जनाको भने सकुसल उद्दार गरिएको छ । शिखर नगरपालिका-९ मा माटाको ढिस्काेले च्यापियर स्थानीय निर्मला राेस्याराकाे घटनास्थलमै मृत्यू भएकाे शिखर नगरपालिका प्रमुख दीर्घ बलायरले बताए ।

घटना दिउँसो तीन बजेतिर भएको र मृतकको शव निकालिसकिएको शिखर नगरपालिका-९ का वडाध्यक्ष जगन्नाथ भट्टले जानकारी दिए । सो वडाको सुण्ण भन्ने गाउँको जङ्गलमा घर पोत्ने माटो लिन गएको बेला घटना भएको थियाे ।

चर्चामा

सम्बन्धित समाचार