सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • बाजुरा बिशेष
  • खप्तड छेडेदहकाे गाउँसभाबाट ६ वटा कार्यविधि पारित, ७ महिनामा २९ प्रतिशत बजेट खर्च

खप्तड छेडेदहकाे गाउँसभाबाट ६ वटा कार्यविधि पारित, ७ महिनामा २९ प्रतिशत बजेट खर्च

  • शुक्रबार, फाल्गुन १८, २०८०
खप्तड छेडेदहकाे गाउँसभाबाट ६ वटा कार्यविधि पारित, ७ महिनामा २९ प्रतिशत बजेट खर्च

टेक बहादुर बुढा– खप्तड छेडेदह गाउँपालिका गाउँसभाकाे हिउँदे अधिवेशन  सम्पन्न भएको छ । बिभिन्न छ वटा कार्यबिधी पास गर्दै गाउँपालिकाकाे अधिबेशन सम्पन्न भएकाे हाे ।  जसमा बिषायगत समिति कार्यसंचालन कार्यबिधी २०८०, टाेलबिकास संस्था गठन तथा परिचालन निर्देशिका २०८०, प्रशासकिय कार्यबिधी नियमित गर्ने एन २०८०, मर्यादित महिनावारी ब्यबस्थापन कार्यबिधी २०८०, गाउँपालिका कार्यस‌ंचालन  निर्देशीका २०८० र कार्यस्थलमा हुने याैनजन्य दुरब्यबारहार आचारसंहिता २०८० पास गरेकाे गाउँपालिका अध्यक्ष दिल बहादुर रावतले बताए ।

गाउँलिकाकाे आर्थिक बर्ष २०८०/८१ काे जम्मा बजेटकाे   साढे ७ महिनामा कुल बजेटको २९.४ प्रतिशत बजेट खर्च भएको अध्यक्ष रावतले बताए । गाउँपालिकाकाे आर्थिक बर्ष २०८०/८१ काे जम्मा बजेट ५० कराेड  ४७ लाख १४ हजार ८ सय ३१ रुपियाँ ७६ पैसा रहेकाे छ । जसमा २९ दशमलव ४ प्रतिशत बजेट खर्च भएकाे जनाएकाे छ । पुजिगत तर्फ १६ दशमलव ८२ र चालुतर्फकाे बजेट ३६ दशमलव ४३ प्रतिशत बजेट खर्च भएकाे गाउँ सभाले जनाएकाे छ ।

खप्तड छेडेदहमा शिक्षा चेतनामा कमी, विकासका पुर्वाधार निर्माणमा सुस्तता र स्राेत साधनकाे प्रयाेगमा निकै पछाडि रहेकाले स्थानीय स्राेत साधनकाे उच्चतम प्रयोग गर्दै पालिकालाई समृद्ध बनाउन रातदिन प्रतिबद्ध भएर पालिकाकाे बिकाशका लागि सबैले सहयाेग गर्नुपर्ने  गाउँपालिका अध्यक्ष  रावतले बताएका छन् ।

नागरिकका जनजिविकाका सवालमा आधारित भएर पालिकामा नीति निर्माण गरेर कार्यान्वयनमा जाेड दिएकाे उपाअध्यक्ष बिशुदेवि नाथ बताइन् । गाउँपालिकामा थुप्रै नीति नियम निर्माण गर्न बाँकी रहेकाले आगामी दिनमा स्थानीय तहकाे अधिकार क्षेत्रभित्र रहेर नीति निर्माण गरेर कार्यान्वयनकाे बाटाेमा लाग्नुपर्नेमा प्रमुख प्रशासकिय अधिकृत नन्दकृष्ण पाध्यायले जाेड दिएका छन् । गाउँसभामा स्वागत मन्तव्य राख्दै गाउँपालिकाकाे मुहार फेर्न नीति निर्माण र कार्यान्वयनमा सबैले ध्यान दिनुपर्ने वडा नंः ७ का वडा अध्यक्ष खगेन्द्र रावतले बताए ।

चर्चामा

सम्बन्धित समाचार